gulminews logo
बिहीबार, २०८० चैत्र १५

साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटायो

काठमाडौं, २१ पुष । कतारले आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै सन् २०१७ जुन ५ बाट गल्फ राष्ट्रहरू साउदी अरब, बहराइन, ओमन, युएई लगायतले कतारमाथि नाकाबन्दी लगाएका थिए । उक्त नाकाबन्दी आफ्नो तर्फबाट हटाउन साउदी अरब सहमत भएको छ ।

साउदी अरेबियाले हवाई मार्ग, जलमार्ग र स्थलमार्ग जनवरी ४ को राति १२ बजेबाट खोल्न सहमत भएको कुवेतका विदेश मन्त्री डाक्टर शेख अहमद नासेर अल मोहम्मद सवाहले बताएका छन् । कुवेतले गल्फ राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी हटाउन सधैं मध्यस्थकर्ताको भूमिका निभाउँदै सङ्कटको समयमा असल मित्रराष्ट्र भएको आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसैबीच कतारका अमिर सेख तमिम बिन हमाद अल थानी कतारको तर्फबाट मङ्गलबार अरब सहयोग परिषद्को ४१ औँ सम्मेलनमा भाग लिन साउदी अरेबिया प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी यहाँको संसद द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नाकाबन्दी हटाउने साउदी अरेबियासँगको सहमतिले कतारमा रहेका जनमानसमा खुसियाली छाएको छ । नाकाबन्दी पछी थुप्रै नेपालीहरुले रोजगारी समेत गुमाएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D