gulminews logo
शनिबार, २०८१ बैशाख १५

समाजसेवी सिंहले बनाए छुट्टा छुट्टै स्थानमा दुई वटा प्रतिक्षालय

कौरव खत्री

बाग्लुङ्ग ३ साउन । बाग्लुङ्गका एक समाजसेवी व्यक्तिले छुट्टा छुट्टै स्थानमा दुई वटा प्रतिक्षालय निर्माण गरि दिएका छन् ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्गमा बस्ने समाजसेवी धिरप्रताप सिंहले बडिगाड गाँउपालिका ६ भिमगिठे छिस फाँटमा आफ्ना स्वर्गीय हुजरबुवा कप्तान मेहरसिंह खत्री र स्वर्गीय हजुरआमा हरिकला खत्रीको स्मृतिमा निः शुल्क रुपमा प्रतिक्षालय निर्माण गरिदिएका हुन ।

साथै सोही गाँउपालिका वडा नं.६ को ठूलाबेसीमा स्वर्गीय पिता चुर्णमानसिंह केसी र स्वर्गीय माता तारादेवी केसीको स्मृतिमा पनि निः शुल्क रुपमा प्रतिक्षालय निर्माण गरि दिएका छन् ।

गाँउपालिका वडा नं. ६ का दुई फरक–फरक स्थानमा निर्माण गरिएका प्रतिक्षालयमा मानिसहरुलाई घामपानी दुवै समयमा हिड डुल गर्दा भारी विसानी र बसेर केही समय थकान मेटाउनका लागि निकै सहयोग पुगेको छ ।

त्यस्तै कुल ६ लाखको लागतमा निर्माण भएका दुई वटा प्रतिक्षालय मध्यपहाडी लोक मार्गको छेउमै रहेका छन् ।

यतिबेला प्रतिक्षालय बनेपछि आम सर्वसाधरण नागरिकहरु हिडडुल गरि आवत जावत गर्दा थकाइ मेटाउने चौपारीको रुपमा प्रतिक्षालयले सहयोग पु¥याएको छ ।

साथै समाजसेवी सिंहले विगत लामो समयदेखि निरन्तर रुपमा शिक्षा क्षेत्रमा समाजसेवा गदै आएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D