गुल्मी, जेठ २ । गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् । पाण्डेको ६ हजार २ सय ६७ र ढकालको ५ हजार ६ सय ११ मत रहेको छ ।
त्यस्तै उपप्रमुखमा एमालेकी निरमाया तरामुले गठबन्धनको तर्फबाट संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाकी तेजकुमारी थापालाई ६ सय ६३ को मतान्तरले पराजित गरेकी छन् ।तरामुको ६ हजार २ सय २४ र थापाको ५ हजार ५ सय ६१ मत रहेको छ ।
वडा नं १ मा एमालेका अर्जुन कनौजेद्वारा कांग्रेसका झविलाल पाण्डेला पराजित
वडा नं २ मा एमालेका खड्गविर थापाद्वारा जनमोर्चाका रोम बहादुर कुँवर पराजित
वडा नं ३ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जीत बहादुर तरामुद्वारा एमालेका लोक बहादुर राना पराजित
वडा नं ४ मा एमालेका पिताम्बर ज्ञवालीद्वारा कांग्रेसका श्रीप्रसाद बुढाथोकी पराजित
वडा नं ५ मा कांग्रेसका बाबुराम ज्ञवालीलद्वारा एमालेका नारायण न्यौपाने पराजित
वडा नं ६ मा कांग्रेसका विष्णु प्रसाद भण्डारीद्वारा एमालेका महेन्द्र भण्डारी पराजित
वडा नं ७ मा एमालेका लोक बहादुर बुढाथोकीद्वारा काँग्रेसका भिमबहादुर क्षेत्री पराजित
वडा नं ८ मा एमालेका होम बहादुर रानाद्वारा कांग्रेसका विष्णु प्रसाद राना पराजित