कौरव खत्री
गुल्मी, २५ साउन । गुल्मी सत्यवतिका पहिरो पिडतिहरुको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
शनिवार सत्यवती गाँउपालिका वडा नं. ४ लिम्घाका पहिरो पिडितहरुको दु:खमा केही मलमपट्टी लगाउनका लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले राहत संकलन अभियान थालेको थियो । सोही अभियान मार्फत संकलित २ लाख २९ हजार रुपैँया नगद आर्थिक महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाद्धारा सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरिएको थियो ।

समाजले सत्यवती गाँउपालिकाका पहिरो पिडतिहरुको सहयोगार्थ अष्ट्रेलियाका विभिन्न स्थानहरुमा सहयोग संकलन अभियान मार्फत उक्त रकम संकलन गरिएको समाजका सचिव प्रकाश अर्यालले जानकारी दिए । समाजका सल्लाहकार समितिका भिमलाल सापकोटा मार्फत पहिरो पिडितका रकम पठाइएको पनि अर्यालले बताए ।
नेपालका विभिन्न स्थानबाट रोजगारीको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका नेपालीहरुले उक्क्त संस्था मार्फत विगत केहि बर्षयता निरन्तर रुपमा सक्रिय भएर नेपालका विभिन्न क्षेत्रहरुमा सामाजिक रुपमा सहयोग गर्दै आइरहेका छन् ।
सत्यवती गाँउपालिका वडा नं. ४ लिम्घाका वडाअध्यक्ष दान बहादुर रानाको अध्यक्षता रहेको राहत हस्तान्तरण कार्यक्रममा विपि फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, सदस्य कमला पन्थी, बसन्ती पन्थी, नेपाल महिला संघ रेसुङ्गा नगरपालिका सभापति सिता पाण्डे, नेपाल महिला संघका क्षत्रीय प्रतिनिधि सिता आचार्य, जमुना न्यौपाने, सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली, नेपाली काँग्रेस सत्यवति गाँउपालिका वडा नं. ४ का वडा सभापति अध्यक्ष सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार कौरव खत्रीले गरेका थिए ।