सडक दुर्घटनामा गुल्मीका पोख्रेल सहित दुई जनाको मृत्‍यु

नवलपरासी, असार १६ । नवलपरासीमा भएको सडक दुर्घटनामा गुल्मीका एक सहित २ युवाको मृत्‍यु भएको छ । जिल्लाको कावासोतीमा भएको सवारी दुर्घटनामा रिडि घर भएका तारा पोख्रेल र पाल्पा मुझुङका मिलन भट्टराईको मृत्‍यु भएको हो ।

सोमबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती ८ खरकट्टा जंगलमा लु२ख १० नम्बरको ट्रकले लु४८प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको मृत्‍यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक २७ वर्षीय मिलन भट्टराई र पछाडी बसेका ३३ वर्षीय तारा पोख्रेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनिहरु गुल्मी र पाल्पा पुर्खौली घर भएका भए पनि हाल दुबै जना रुपन्देही देवदहमा बस्दै आएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका दुवैजनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोख्रेलको शवलाई अन्त्यष्ठीको लागि अहिले रिडि लगिँदै गरेको पारिवारिक स्रोतले बतायो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D