शिक्षा निती नफेरिए बिद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने काराखाना बन्ने: मन्त्री बिष्ट

रोजगार संयोजक नपाइनु दुर्भाग्य

टोपलाल अर्याल
गुल्मी, १३ फागुन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले राज्य शिक्षा निती नफेरिए बिद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने काराखाना बन्ने बताए । महेन्द्र आदर्श मावि मुसिकोट नगरपालिको ७ वामीको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले दुनियाँ बदल्ने महत्पूर्ण आधार शिक्षा भएकाले नयाँ ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उनले देशमा आवश्यक सात सय ५३ रोजगार संयोजकको आवेदनमा दरबन्दी पुरा नगर्ने शिक्षा दुर्भाग्यपूर्ण भएको बताए । ‘टोलटोलमा बिद्यालय प्रमाणपत्र बिक्दैनन, युवा बिदेश पलायन भैरहेका छन्,’उनले भने,‘देशमा रोजगारी खोल्दा दरबन्दी पुरा हुँदैन् ।’ मन्त्री बिष्टले देशमा सात सय ५३ स्थानीय तहको लागि माग भएका रोजगार संयोजकको दरबन्दीमा करिव पाँच सय जना मात्रै उर्तिण भएको बताए ।

उनले अझै साढे दुई सय अधिकृतहरुको आवेदन खोल्नुपर्ने दुखदपूर्ण स्थिती रहेको बताए । उनले हिजो आँखा चिम्लेर टोलटोलमा बाँडिएका बिद्यालय र अबैज्ञानिक र अव्यावहारिक शिक्षाको कारण देशले यो संकट भोगिरहेको मन्त्री बिष्टको भनाई रहेको थियो । २०१६ सालमा स्थापना भएको बिद्यालयले हिरक महोत्सव तथा धनधान्यञ्चल महायज्ञको आयोजना गरेको बिद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद शर्माले बताए ।

प्राविधिक शिक्षाको लहर: ७ करोड संकलन
मुसिकोट नगरपालिकाका विभिन्न विद्यालयहरुमा प्राविधिक शिक्षाको लहर चलेको छ । एक बर्षमा प्राविधिक शिक्षाकै लागि मुसिकोट नगरपालिकाका चार बिद्यालयले धार्मिक तथा शैक्षिक महोत्सव गरेका छन् । भर्खरै हिरक तथा धार्मिक महोत्सवको आयोजना गरेको महेन्द्र आर्दश माविमा इन्जिनियरिङ तर्फकोे प्राविधिक र आधिुनिक शिक्षाको हव बनाउन हिरक तथा धार्मिक महोत्सवको आयोजना गरको महोत्सव मुल आयोजक समिति संयोजक प्रकाश काफ्ले बताए । मुसिकोट नगरपालिकाका बिद्यालय मध्ये महेन्द्र आदर्श माविमा सवैभन्दा बढि एक हजार बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । अहिलेसम्म तीन करोड लाख संकलन भएको काफ्लेले बताए । पाँच करोडको अपेक्षा आयोजकको रहेको छ ।

नेपाल राष्ट्रिय त्रिभुवन मावि मुसिकोट २ ले शैक्षिक तथा धार्मिक महोत्सव भर्खरै सम्पन्न गरेको छ । कृषि शिक्षा संचालनको लागि गत २१ माघदेखि २९ गतेसम्म संचालन भएको महोत्सवमा करिव एक करोड ४१ लाख रुपैयाँ संकलन भएको बिद्यालयमा प्रध्यानाध्यापक तेज बहादुर महतले बताए । त्यस्तै जनज्योति मावि मुसिकोट १ ले गत १ फागुनदेखि ९ गतेसम्म हिरक महोत्सव तथा धनधान्याञ्चल महायज्ञ आयोजना गरेको थियो । प्राविधिक शिक्षा, कक्षा नौ र १० मा शिक्षक व्यावस्थापन, लाइव्रेरी लगायतका उदेश्य राखेर आयोजना गरिएको महोत्सवमा एक करोड नगद र डेढ सय मुरी धान संकलन गरिएको बिद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद आचार्यले बताए ।

गत बर्ष मुसिकोट नगरपालिका ६ को त्रिभुवन मावि कुर्घाले स्वर्ण महोत्सव संचालन गरेको थियो । महोत्सवको राष्ट्रपति बिद्यादेवि भण्डारीले उद्घाटन समेत गरिन् । बिद्यालयमा गुणस्तरिय प्राविधिक शिक्षा संचालन गर्न आयोजना गरिएको महोत्सवमा अक्षयकोष सहित एक करोड ९५ लाख संकलन भएको प्रध्यानाध्यापक राम बहादुर थापाले बताए ।

एकै व्यक्तिबाट ५५ लाख सहयोग
महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा धनधान्यञ्चल महायज्ञको लागि एकै व्यक्तिले ५५ लाख सहयोग गरेका छन् । महेन्द्र आदर्श मावि विद्यालय व्यावस्थापन समिति अध्यक्ष भुवन केशीले ५५ लाख बिद्यालयलाई प्रदान गरेका हुन् । सोहि स्थानका लेखनाथ सापकोटाले पाँच लाख ५५ हजार पाँच सय ५५ र तीन लाख माथी सहयोग गर्ने पनि धेरै रहेका छन् । भर्खरै महोत्सव सकिएको नेपाल राष्ट्रिय त्रिभुवन माविको लागि स्थानीय कृष्ण घिमिरेले आठ रोपनी जग्गा र दुई लाख नगद सहित १० लाख सहयोग गरेका छन् ।

प्रताप बहादुर केशी र उनको परिवारले गरि चार लाख ७० हजार ५५ रुपैयाँ बिद्यालयलाई सहयोग गरेको प्रध्यानाध्यापक तेज बहादुर महतले बताए । त्यस्तै जनज्योति माविको धार्मिक महोत्सवमा स्थानीय पूर्ण प्रसाद भुसालले पाँच लाख एक सय ५१, कृष्ण प्रसाद चालिसे चार लाख पाँच हजार पाँच सय ५५, धन बहादुर रायमाझी तीन लाख २५ हजार पाँच सय ५५ सहयोग गरेको बिद्यालयले जनाएको छ । गत बर्ष त्रिभुवन मावि कुर्घाको स्वर्ण महोत्सवलाई पूर्व बिद्यार्थी घनश्याम शर्माले २० लाख पाँच हजार प्रदान गरेका थिए । भने बुद्ध रायमाझीले पाँच लाख बिद्यालयलाई प्रदान गरेका थिए ।

प्राविधिक शिक्षामा नगरको पनि जोड
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगभित्रका विभिन्न बिद्यालयमा फरक धारको प्राविधिक शिक्षा संचालनको योजना रहेको बताए । उनले मुसिकोट नगरपालिका, छिमेकी स्थानीय तह र बाग्लुङ्ग जिल्लाका छिमेकी स्थानीय तहसंग समेत समन्वय गरेर कक्षा संचालन गरिने सापकोटाले बताए । उनले अहिले केहि बिद्यालय भावनामा आएर प्राविधिक शिक्षा भनिरहे पनि नगरपालिकाले केहि विद्यालयमा मात्रै बिशेष प्राविधिक कक्षा संचालन गर्ने उनले बताए । विभिन्न बिद्यालयहरुमा इन्जिनियरिङ्ग, सिभिल इन्जिनियर र कृषि बिज्ञानका कक्षा संचालन गर्ने योजनामा नगरपालिका रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D