शिक्षकहरुको तलब वृद्धि गर्ने तयारीमा छौं : मन्त्री बराल

बुटवल । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश सरकारले शिक्षकहरुको तलव वृद्धि गर्ने तयारी गरिरहेको बताएका छन् । शनिवार गुल्मीको धुर्कोट गाउँपालिकाले अयोजना गरेको शैक्षिक गोष्ठीमा सहभागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्वोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।

‘अहिले नै यी–यी तहका शिक्षकको यति हजार तलब बढ्दैछ भनेर भन्दिँन्, तर एउटा शिक्षकलाई पर्याप्त हुने गरि तलब वृद्धिको लागि सिफारिस गरेर आयोगमा पठाएका छौ’– उनले भने– ‘निजी विद्यालयकै जति दाम पनि दिने, काम पनि उस्तै लिने प्रदेश सरकारले नीति लिएको छ ।’

१० बर्षे जनयुद्धताका बोर्डिङ स्कुल बन्द गराउँदै हिँडेका उनै नेता बरालले अहिले भने वोर्डिङ स्कुलले शैक्षिक क्षेत्रमा देखाएको बाटो अनुशरणिय भएको धारणा राखे । उनले भने– ‘अब निजी क्षेत्रले सञ्चालन गरेका शैक्षिक संस्थासँग पनि सहकार्य गरेर जानुपर्ने आवश्यकता देखियो ।’

पुराना शिक्षकहरुले आफूलाई अर्धदक्ष छु भनेर सोच्दै नसोच्न उनले आग्रह समेत गरे । अहिलेको प्रविधीलाई पछ्याउँदै मैले जे पनि गर्न सक्छु भन्ने उच्च मनोभावना राखेर अगाडी बढ्न मन्त्री बरालको सुझाव थियो ।

उनले शिक्षकहरुको तलब वृद्धि गर्ने बिषयमा थपे– ‘बोर्डिङ स्कुलका शिक्षक झै दक्ष सामुदायिक विद्यालयका शिक्षक पनि हुनुपर्छ भनेर त हामीले सोच्दै र भन्दै आएका छौं, तर उनीहरुको चेतना पनि त्यति नै हुनुपर्छ भन्ने सोचेनौं । यसर्थ प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले यस्तो सोच्यो र आयोगमा सिफारिस गरेर पठाईएको हो ।’

उनले शिक्षण विधी सिकाईका लागि अमेरिका लण्डन जस्ता विकासित मुलुकमा पहिला मन्त्रीहरु जाने, त्यसपछि सचिवहरु, उनीहरुपछि विभागका निर्देशक र त्यसपछि तत्कालिन जिसीअहरु जाने गरेको कुरालाई आफूले अन्त्य गर्न लागेको बताए । -रातोपटी डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D