महेन्द्र नमूना माध्यमिक विद्यालयका एक असाहय बिद्यार्थीलाई शान्ति समाजले सहयोग गरेको छ । शान्ति नपाली समाज नेपालमा स्थायी घर भै रोजागारको शिलशिलामा बेलायतमा गएका नेपालीहरुको संस्था हो । शान्ती नेपाली समाज बेलायतले कक्षा ८ का विद्यार्थी जीवन खड्कालाई नगद दश हजार सहयोग गरेको छ ।
सहयोग रकम शान्ति नेपाली समाज नेपालका सदस्य तथा एशिया फाउण्डेशन नेपालमा आबद्ध छविलाल खरेलले बिद्यमर्थीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी पन्थीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि शान्ति नेपाली समाज नेपालका सदस्य छविलाल खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम पाण्डे, सहायक प्रधानाध्यापक, तथा शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रधानाध्यापक केशरबहादुर थापाले गर्नु भएको थियो ।
स्मरण रहोस छविलाल खरेलले यस भन्दा अघि विद्यालयलाई एशिया फाउण्डेशन मार्फत ३ पटक गरि करिब १ हजार २ सय सन्दर्भ पुस्तकहरु उपलब्ध गराई विद्यालयलाई सहयोग गर्नुभएको थियो ।