gulminews logo
बुधबार, २०८१ बैशाख १२

व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका गुल्मीका जनक

दिपेन्द्र खत्री
१० चैत्र, गुल्मी । घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –१ नयाँगाँउस्थित खालका ६८ बर्षीय जनकबहादुर खत्रीको दिनचर्या हो । उहाँले मौरीको मह बेचेर नै बार्षिक लाखौं आम्दानी गर्नुहुन्छ ।

उमेरले ६८ बर्ष पुग्नुभएका जनकबहादुर खत्री, परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्नुभएको छ । विगत पाचँ बर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक खत्रीले मह उत्पादन गरेर बार्षिक लाखै रुपैया आम्दानी गर्दै आउनुभएको छ । ४ जनाको परिवार सजिलै चलाउनुभएको छ भने बृद्ध अवस्थामा पनि अरुको मुख ताक्नु परेको छैन । घरमा अहिले सेरेना जातको ५२ वटा मौरीका घार छन्् । मौरीले राम्रै फाइदा दिदाँ खत्री पनि दंग हुनुुहन्छ ।

उहाँले वर्षमा दुई पटक मह निकाल्ने गर्नुहुन्छ । २०६९ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थाल्नुभएका कृषक खत्रीको मुख्य आम्दानीको श्रोत नै यहि हो । स्थानिय सरकारको सहयोगमा व्यवसाय शुरु गर्नुभएका खत्रीले व्यावसायलाई अझै बढाउने योजना बनाउनुभएको छ । उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै १२ सय रुपैयामा विक्रि हुन्छ । गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट पनि ग्राहक घरमै आएर मह लैजाने गरेका छन् । प्रदेश र स्थानिय सरकारको सहयोगमा तालिम लिएपछि खत्रीे मौरीपालनमा लाग्नुभएको हो । उहाँले मह मात्र बेच्नुहुन्न मौरीको घार र गोला समेत विक्रि गर्नुहुन्छ ।

सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष कमल थापाले बताउनुभयो । वडा भित्र मौरीपालन गर्नेहरुको लागी वडाबाट आबश्यक सामाग्री उपलब्ध गराएको समेत बताउनुभयो ।

मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगले मौरी पाल्ने गरेका छन । यसका लागी मौरी पालनको आबश्यक तालिम संचालन गर्नुपर्ने देखिन्छ । भने यी बृद्धाको कामबाट अन्य युवाहरुले पनि पाठ सिक्न जरुरी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D