कमल पौडेल
२६ बैसाख, बागलुङ । बागलुङको खर्बाङमा घरको छतवाट खस्दा एक जनाको ज्यान गएको छ। बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृत्यु भएको हो ।

स्थानीय दिपु केसिको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको हो। गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन्।