gulminews logo
मंगलवार, २०८० चैत्र ६

वामी सेवा समिति जापानद्धारा ढोनपाका बाढि पिडितको लागि ३ लाख ६० हजार रुपैयाँ सहयोग

कमल पौडेल
बुर्तिवाङ, २९ भाद्र । वामी सेवा समिति जापानको तर्फवाट ढोरपाटन नगरपालिकाको वडा नं. ९ भुजिखोलामा भाद्र १७ गते गएको वाढिपहिरोबाट विस्थापित भएका पिडितहरुको लागि ३ लाख ६० हजार २ सय ९८ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

वामी सेवा समिति जापानको तर्फवाट मानार्थ सदस्य समेत रहनुभएका सांसद डा. सुर्य पाठक, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, संस्थाका सल्लाहकार घनश्याम सापकोटा, मुनपा ८ का वडा अध्यक्ष नारायण सापकोटाले ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीलाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संघिय साँसद डा. सुर्य पाठकले नेपालीहरुको तर्फवाट जापानमा रहेको अब्बल संस्था मध्यको, वामी सेवा समितिले गरेको काम र परोपकारी कार्य अन्तरगत ढोरपाटनका पिडितहरुलाई सहयोग जुटाउनु सह्रानिय भएको बताउनु भएको थियो। सहयोग गर्नेहरुले कतै न कतै आफ्नो सहभागिता होस् भन्ने चाहेको भन्दै सांसद पाठकले नगरपालिकाले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भएको छ। त्यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विपद्को वेला धेरैको साथ आवश्यक पर्ने भन्दै मुसिकोट नगरपालिका, ढोरपाटन नगरको साथमा रहेको बताउनु भएको थियो।

राहत वितरणलाई एकद्धार र एकिकृत गर्नुपर्ने र ढोरपाटनले सोहि कार्यको सुरुवात गरेको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभएको थियो। त्यस्तै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै कामलाई कसरी पारदर्शि गर्ने र एकिकृत ढंगले सेवा कसरी पुर्याउने भन्नेमै आफूहरु लागेको बताउनु भएको थियो। कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन, प्रमुख प्रशासकिय अधिकृत डिलाराम भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला शाखा बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम लगाएत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वामी सेवा समितिका सम्बद्ध सदस्य उज्जवल खत्रिले गर्नुभएको थियो।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D