gulminews logo
शनिबार, २०८१ बैशाख ८

वामी-तल्लाफाँट सडक खण्डको धुलौटे बाटोमा पानी छर्कँदै मुसिकोट नगरपालिका

अनिश शर्मा गैरे
गुल्मी, १९ मंसिर । हिउँदको समयमा सडकमा अत्याधिक धुलो भएको भन्दै मुसिकोट नगरपालिकाले ट्याङ्कर खरीद गरी सडकमा पानी छ्याप्ने काम सुरु गरेको छ ।

नगरपालिका २ लाख ७५ हजार लागत तथा ढुवानी भाडा सहित ३ लाख रुपैयामा ट्याङ्कर खरीद गरी सचालनमा ल्याएको हो ।

नगरपालिकाले गठन गरेको सरसफाइ समितिको मातहतमा रहेर नगरभित्र रहेको बजार क्षेत्र बिशेष गरी रीडि–रुद्रवेणी–वामी सडकको तल्लाफाँटदेखी वामी सम्मको सडकमा पानी छ्याप्ने काम मंगलबारबाट सुरु भएको हो । स्थानीयको माग भइआएमा नगरक्षेत्र भित्रका अन्य भागहरुमा पनि ट्याङ्कर उपलब्ध गराउन सकिने नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार बिकास निर्माणका काममा स्थानीय जनताको पनि अपनत्व रहने गरी प्रभावकारी काम गर्न भन्दै सडकको १०० मिटर क्षेत्रवरपर रहेका स्थानीयलाइ पनि सो अभियानमा साथ दिन केही योगदान पुर्याउन आग्रह गरीएको छ । केही समयलाइ नगर आफैले आफ्नै पैसाले सडकमा पानी पुर्याउने तथा केही समयपछि स्थानीयलाइ पनि सो कार्यमा जागरुक गराउने अभियान थालीएको भण्डारीले जानकारी दिए । सडक सफा राख्न र वरपर बस्ने मानिसहरुको स्वाथ्यको समेत ख्याल गरी सो अभियान सुरु गरीएको हो ।

स्थानीयको पनि योगदान रहने बिषयमा नेतृत्व गर्न एक समिति गठन गरी सो समितिको मातहतमा ट्याङ्कर सञ्चालन गरीने छ ।
भण्डारीका अनुसार ट्याङ्करले पानी छ्याप्ने काम मात्र गर्ने छैन, मुसिकोट नगरका डाँडा लाइनमा भएको खानेपानीको समस्या समाधान गर्न पानी ट्याङ्करको प्रयोग गरीने योजना रहेको छ ।

बिशेष गरी सडक ग्राभेल भइसकेपछि सडक सहज भएपनि धुलो निकै उड्ने समस्याको कारण सडक आसपासका जनताहरु निकै आजित थिए । तर यसरी पानी छ्याप्ने काम सुरु भएपछि केही मात्रामा भएपनि धुलो कम गर्न मद्धत मिल्ने स्थानीय बासिन्दाको बिश्वास रहेको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D