कौरव खत्री
गुल्मी, १८ कार्तिक । गुल्मीका दिलिप थापा गुल्मेली समाज जापानको प्रवक्क्तामा चयन भएका छन् ।
बुधवार गुल्मेली समाज जापानको पहिलो बैठकले थापालाई समाजको प्रवक्क्ताको रुपमा चयन गर्ने निर्णय गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिए ।
गुल्मी मुसिकोट नगरपालिका ७ वामी शेरा निवासी साविकको वामी गाविस वडा ९ शेरामा स्थायी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा कार्यरत थापाले विगत लामो समयदेखि आफ्नो जन्मभूमीप्रति सामाजिक कर्ममा निरन्तर सक्रियतापूर्वक रहँदै आएका छन् ।
त्यस्तै थापा हाल वामी सेवा समिति जापानका बरिष्ठ उपाध्यक्ष, अन्तराष्ट्रिय नमुना समाजका संस्थापक अध्यक्ष तथा बर्तमान संरक्षक समेत रहेका छन् ।