gulminews logo
बिहीबार, २०८१ बैशाख १३

लण्डनमा कोरोनाका कारण गुल्मी घर भएका भूतपूर्व गोर्खा सैनिकको निधन

लन्डन, जनवरी १४ । कोरोना संक्रमणबाट बेलायतमा गुल्मी घर भएका थप एक जना पुर्व गोर्खाले ज्यान गुमाएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ वोकेंग पुर्तिघाट स्थाई घर भई लन्डनको ग्रीनफोर्डमा बस्दै आएका ५९ वर्षीय लालप्रसाद सलामीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

यो पनि पढ्नुस्: गुल्मीका एक दम्पती जस्ले बेलायतमा ४ दिनको फरकमा ज्यान गुमाए

गत अक्टोबर महिनामै संक्रमण भएपछि अस्पताल भर्ना भएका सलामीको गत सोमबार लण्डन स्थित रोयल ब्रम्पटन हस्पिटलमा निधन भएको बेलायतबाट सन्चालित नेपाली लिंक डट कमले समाचार छापेको छ । श्रीमती र दुई छोरा सहित लण्डनको ग्रीनफोर्ड बस्दै आएका सलामीको बाबुआमा भने नेपालमै रहेका छन् ।

‘शुरुमा अक्टोबरमै कोभिड संक्रमण भएर अस्पताल भर्ना हुनुभएको थियो । एक महिना बढी आइसीयूमै राखेर उपचार गरिएपछि सुधार भयो भनेर सामान्य वार्डमा सारिएको थियो’, गुल्मी समाज यूकेका उपाध्यक्ष मती प्रसाद पुनले भने, ‘पछि फेरि उहाँको स्वास्थ्य अवस्था बिग्रिंदै गयो र सोमबार निधन भयो ।’

मृतक सलामी गुल्मी जिल्ला समाज यूके, मगर संघ यूके वेम्बली मिडलसेक्स शाखा लगायतमा पनि आजीवन सदस्य थिए । सलामीको निधनमा उनी आबद्ध संस्थाहरुले शोक व्यक्त गरेका छन् ।

यकिन तथ्यांक नभएपनि हालसम्म सार्वजनिक भएअनुसार बेलायतमा कोरोना संक्रमणबाट ७५ जनाभन्दा बढी नेपालीको निधन भएको छ । जसमध्ये अधिकांश भूतपूर्व गोर्खा र तीनका परिवारका सदस्य छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D