gulminews logo
शनिबार, २०८१ बैशाख ८

लगातार बगिरहेको पहिरो रोक्न पुजापाठ, झाँक्रिको सम्मान नपुगेको विश्वास

प्रेम सुनार
गुल्मी, फाल्गुन ७ । अन्धाविश्वास भन्नु कि जनविश्वास ? यो हिउँदे याममै माथी बाट झरिरहेको पहिरो रोक्न गुल्मीमा पुजा–पाठ गरिएको छ ।

गुल्मीको सदरमुकाम तम्घास देखि अर्घाखाँची जोड्ने सडक खण्डको नेटा र वेदुखर्कको विचमा डोजरले सडक विस्तार गरे पछि माथी बाट लगातार पहिरो खसी रहेको छ । त्यस पहिरो नजिकै पानीको पँधेरो छ । त्यस पँधेरो संगै तिन भाई झााँक्रि रहेको स्थानियको विश्वास रहेको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्वर–७ का स्थानियले झाँक्रिको सम्मान नपुगेकोर पहिरो बगेको भने पछि ति झाँक्रि रहेको भनिएको पँधेरो नजिकै सम्मान राख्न त्यस सडक विस्तारको जिम्मा पाएका निमार्ण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले पुजापाठ गरेका हुन् ।

स्थानियवासी मनिराम पाण्डेले वर्षऔं अघि देखिको उदाहरण दिदै त्यहाँ तिन भाई झाँक्रि रहेको ठोकुवा गर्दै उनको सम्मान नभए सम्म पहिरो नरोकिने दावी गरे ।

पुजा पाठ गर्ने श्रेष्ठले भने पुजा पाठ गरिरहे तर प्रतिकृया दिन रुचाएनन् । सदरमुकाम तम्घास जस्तो सचेत शिक्षितहरु नै कतै झाँक्रि कतै लागो जस्ता विषयमा विश्वास राखी रहँदा ग्रामिण भेगमा सुरुमा विरामीलाई धामी झाँक्रि गराउने जव पल्लाडेउँ (सिरियस ) हुन्छन तव अस्पताल भर्ना गरेर बढि पैसा खर्च गर्ने त कतिपयको समयमा उपचार नपाएर मृत्यु हुने गरेको छ । यसर्थ पनि धामी झाँक्रि प्रति विश्वास राख्नु गलत भएको विज्ञानमा विश्वास गर्नेहरुको धारणा छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D