रेसुंगा साँस्कृतिक झलक भाग ३ सफल पार्न कोरियामा रहेका संघ संस्थाहरु प्रतिबद्व

किशन गौतम
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको रेसुंगा सांस्कृतिक झलक भाग तीन लाइ सफल बनाउन कोरियामा रहेका नेपाली संघ संस्था हरुले तन, मन र धन ले सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेका छन् । आइताबार राजधानी सोल स्थित नेपाल हाउसमा आयोजित पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उपस्थित संस्थाका प्रतिनिधि हरुले सो प्रतिबद्वता जाहेर गरेका हुन् ।

कार्यक्रममा उपस्थित प्रतिनिधि हरुले बोल्दै नितान्त परोपकारी उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएकोले कोरियामा रहनुहुने सम्पूर्ण नेपालीले सहयोग गर्नु पर्ने बिचार ब्याक्त गरे । अन्तरक्रिया कार्यक्रममा भाग लिदै नेपाल गोरखा परिवारका अध्यक्ष यदु लामिछानेले कुनै पनि संस्थाका कार्यक्रमहरु एक अर्कोको सहयोग बिना सफल हुन नसक्ने भन्दै कार्यक्रम सफलताको कामना गरे । उनले एनसीसी कोरियाको काम कार्यक्रम बिभाजन गर्ने मात्र नभै कार्यक्रमको लागि हल खोजिदिने कलाकार स्पोन्सर समेत खोजि सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।
gulmi samparka samiti korea
त्यसैगरी अर्का बक्ता बैरागी माइलाले बाह्य रुपमा सहयोग भएतापनि आन्तरिक रुपमा राम्रो तयारि हुन नसके कार्यक्रम फितलो हुन सक्ने भन्दै अयोजक लाइ सचेत समेत गराए । उनले कलाकार हरु सबैतिरका समेटेर ल्याउने तयारीमा रहेको हुदा कार्यक्रम पूर्ण रुपमा सफल रहने विश्वास ब्याक्त गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाकी बरिष्ट उपाध्यक्ष मल्लिका थकाली, एनसिसी कोरियाका प्रतिनिधि सुन्दर पन्थी, रुपन्देही सम्पर्क समितिका अध्य्क्ष रामु कार्की, निबर्तमान अध्यक्ष हरि गौतम, अर्घाखाँची सम्पर्क मंचका दिनमणि पौडेल, युबराज पाण्डे लगाएत दर्जनौ संघ संस्थाका प्रतिनिधि तथा कोरियाबाट संचालन हुने बिभिन्न अनलाइन मिडियाका पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा कार्यक्रमको उदेश्य तथा तयारि सम्बन्धमा संघ संस्था तथा पत्रकार हरु बाट उठेका जिज्ञासा हरुको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका अध्य्क्ष गान्धिभ सुबेदी, उपाध्यक्ष कृष् गुल्मेली बाबु तथा इश्वरी घिमिरेले स्पस्ट पारेका थिए भने हेल्लो नेपाल कोरिया डट कम, फोनिज कोरिया, अनलाइन वेव टिभी लगाएतका मिडियाहरुले प्रत्क्षय प्रसारण गरेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D