gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुंगा किन बिशेष छ ? यि हुन् साउने मेलामा रेसुङ्गा जाने कारण

अनिल खत्री
१७ साउन, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा साउने मेला सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो ।

धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री, चन्डी, शिवजीको दैनिक पुजा सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

धार्मिकस्थल रेसुङ्गमा पुजाआजा गर्न गुल्मी लगायत छिमेकी जिल्लाहरु अर्घाखाँची, पाल्पा, बाग्लुङ, प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउँबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा रेसुंगा आउने गर्दछन् । रेसुंगा पोखरीमा नुहाउन तथा पुजाआजा गर्न साउन भर भिड लाग्ने गर्दछ ।

नेपालकै चार धाम मध्येकै एक धाममा पर्ने धार्मिकस्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुलवश गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औँशी एकादशीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिकस्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन समेत जान थालेका छन् । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

रेसुंगा किन बिशेष छ? के हो यस्को महत्व ?

धार्मिक एबं पर्यटकीय क्षेत्र प्रचुर मात्रामा प्रचार नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेुसुङ्गा क्षेत्रमा भएका महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेकाले आध्यत्मिक महत्व रहेको जनश्रुती छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले उक्त स्थानमा तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्णले बताए ।

रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वकास्थलहरु पनि रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेश चन्द्र भुसालले बताउनु भयो ।धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिकस्थलहरु यसै क्षेत्र भित्र पर्दछन् । रेसुङ्गामा द्वापर युग, त्रेतायुग देखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको भुसालले बताए । सिद्धभूमि, तपोभूममी महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । त्यसैले रेसुंगा गुल्मेलीहरुको लागि मात्र नभएर सबैको लागि एकदमै बिशेष छ ।

ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

मेलालाई व्यवस्थित बनाइएको छ

रेसुङ्गामा सुरु भएको एक महिने साउने मेलालाई व्यवस्थित बनाइएको छ । बिगतका वर्षमा भन्दा यस वर्षको एक महिने साउने मेलालाई व्यवस्थित गर्न रेसुङ्गामा पुग्ने भक्तजनलाई मध्य नजर राखेर २० प्रतिशत भाडा छुट गराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । मेलालाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीमा गरिएको छलफलमा मेला अबलोकनमा पुग्ने भक्तजनलाई भाडा छुटसँगै समितिको सिफारिसमा असाय अशक्त र सन्तमहन्तलाई रेसुङ्गामा नि:शुल्क लैजाने व्यवस्था पनि मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । श्रदालु भक्तजनको सुबिधाको लागि गुल्मी यातायात र पश्चिमाञ्चल बस व्यवसायी समितिबाट २ वटा गाडी छुटाउने व्यवस्था मिलाइएको छ ।

रेसुङ्गासम्म पुग्ने भक्तजनलाई छुट गरिएको रकम अनुसार जिपमा ८० रुपैयाँ र बसमा ६० रुपैयाँमा रेसुङ्गासम्म पुग्न पाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । वर्षातको समय भएकाले बाटो मर्मत गर्नुका साथै मर्मतका लागि पनि तयारी अबस्थामा राख्ने निर्णय भएको छ । बिगतका वर्षमा भन्दा यस वर्षको मेलालाई केहि व्यवस्थित ढंगबाट लैजान र भक्तजनको सुबिधाका लागि केहि प्रयासको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । रेसुङ्गामा पुगेर बस्न चाहनेहरुका लागि नि:शुल्क रुपमा बास र खानाको व्यवस्था मन्दिरले उपलब्ध गराउने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D