gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रुपाकोट सेवा समाज जापानको अध्यक्षमा भण्डारी, ७ जना उपाध्यक्ष

गुल्मी, मंसिर ०४ । गुल्मी रुपाकोट सेवा समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वार्ड नं ७ रुपाकोट स्थाई घर भई रोजगार, ब्यवसाय तथा अध्ययनको सिलसिलामा जापानमा रहेका रूपाकोटेहरुको रूपाकोट सेवा समाज जापानको दोस्रो अधिवेशन शुक्रबार टोकियोमा सम्पन भएको हो ।

समाजको अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षता शुरु भएको कार्यक्रमको सहजिकरण सुधिर भण्डारीले गरेका थिए । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी प्रमुख अतिथी साथै समाजका संरक्षक सालीकराम भण्डारी बिशिष्ट अतिथी रहेको भेलाले मुकुन्द भण्डारी अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

नवगठित कार्यसमितीमा १ बरिष्ठ सहित ७ जना उपाध्यक्षहरु रहेका छन् । अधिवेशन मार्फत कुल बहादुर पोख्रेललाई बरिष्ठ ऊपाध्यक्ष चयन गरेको छ भने ऊपाध्यक्षहरुमा चिरन भण्डारी, मिना भण्डारी ढकाल, नारायण पौड्याल, हरि भण्डारी, यज्ञमुर्ती भण्डारी र अर्जुन भण्डारी रहेका छन् । त्यस्तै सचिबमा प्रकाश भण्डारी, सहसचिवमा सरिता भण्डारी, कोषाध्यक्षमा सुभाष भण्डारी र सह-कोषाध्यक्ष कृष्ण भण्डारी (किसन) चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा ओम बहादुर दर्लामी, तारापती भण्डारी, देबिराम अर्याल, कृष्ण बहादुर थापा, अर्जुन थापा, अभिनाष भण्डारी, रेषम भण्डारी, सुमन भण्डारी र भुवन भण्डारी रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । आफुपनि यो संस्थासँग नजिक रहेकाले संस्थाले गरेका कामलाई नजिकबाट नियालेको र बिगतमा गरेका कार्यलाई स्मरण गर्दै आफु संस्थाप्रति खुसि रहेको बताएका थिए ।
नवनिर्बाचित सचिव प्रकाश भन्डारीले संक्षिप्त कुराकानीमा आफूहरूलाई निर्विरोध निर्वाचित गराउन सहयोग पुर्याउने सबैलाई धन्यबाद ब्याक्त गरेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D