रुपन्देहीको रानीबगियामा ट्रकको ठक्करबाट गुल्मीका एक युवाको मृत्यु

बुटवल, फागुन २१ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं ९ घर भइ हाल सैनामैना ४ लखनपारा निवासी २५ वर्षीय सुरज बलाल रहेको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।

बुटवलतर्फ गईरहेको ना ७ ख ४०३६ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ३७०६ नं को मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको नियन्त्रणमा रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D