gulminews logo
शनिबार, २०८१ बैशाख १५

रिडी-रुद्रबेणी-वामी सडक ११ दिनपछि सुचारु

अनिल खत्री
१४ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक ११ दिनपछि सुचारु भएको छ । रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ को साँघुरेमा पहिरोले अबरुद्ध सडक कालिगण्डकी करिडोर बाटो निमार्ण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको सयुक्त टोलि परिचालन भएर सडक सुचारु गरेका हुन् ।

आइतवार बेलुकीबाट सडक मर्मत भएपछि सवारी साधन आवत जावत गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए । कात्तिक महिनामा परेको बेमौसमी वर्षातले ३ गतेदेखि सडक बन्द थियो ।

पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि नेपाली सेनाले बिष्फोटन गरि सडक खुलाइएको हवल्दार खनालले बताए । नेपाली सेनाले गत शुक्रवार ठूला ढुंगालाई बिष्फोटन गरेको थियो ।

सडकमै रहेका ढुंगाहरु हटाउने कार्य सकिएपछि सुचारु भएको छ । सडक अबरुद्ध हुँदा शान्तीपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुट्ने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन् ।

केहि सवारी साधान सदरमुकाम तम्घास हुँदै वामिटक्सारबाट बुर्तिबाङतर्फ जाने गरेका थिए । जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक अति व्यस्त सडक हो । सडक खुलेको वषौं भएपनि अझैपनि सडक कच्ची र निकै जोखिम रहेको छ । सडक बेलैमा मर्मत र स्तरिय नहुँदा सयौं यात्रुहरुले जोखिमपूर्ण यात्रासँगै सास्ती खेप्दै आएका छन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D