gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

रास्कोट अस्पताल र क्रिकेट रङ्गशालाको लागि फिन्ल्यान्डबाट १० लाख रुपैँया भन्दा बढी सहयोग

भेष बहादुर काउछा
हेल्सिन्की, जनवरी ३१ । नेपालमा जनस्तरबाट निर्माण भईरहेका रास्कोट अस्पताल र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि फिन्ल्यान्डमा रहेका नेपालीहरुले १० लाख रुपैँया भन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ । कालिकोट जिल्लाको रास्कोटमा निर्माण भईरहेको रास्कोट सामुदायिक अस्पताल र चितवन भरतपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि फिन्निश नेपाली समाजले ८ लाख ५ हजार रुपैँया र ब्याक्तिगत रुपमा संकलित २ लाख २० हजार ५ सय रुपैँया गरी १० लाख २५ हजार ५ सय रुपैँया सहयोग हस्तान्तरण गरिएको हो ।

भरतपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि फिन्निश नेपाली समाजको २ लाख ५० हजार रुपैँया आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । समाजका अध्यक्ष नन्दानन्दन (नबिन) भट्टराई र कोषाध्यक्ष मुकुन्द भण्डारीले निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । गत क्रिसमस बिदाको अवसर पारेर हेल्सिन्कीमा समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम मार्फत संकलन गरेको रकम २ लाख ५० हजार रुपैँया हस्तान्तरणको क्रममा चर्चित कलाकार खुमन अधिकारीको पनि उपस्थिती रहेको थियो ।

त्यस्तै ब्याक्तिगत रुपमा संकलित नन्दनन्दन रुक्मिनी भट्टराई परिवारबाट ५०१ युरो, सुमन बर्षा सुबी अर्याल परिवार २५० युरो, लालमणी अर्याल परिवारबाट २०१ युरो, सुनिल सन्जु भण्डारी परिवारबाट २०० युरो, ॠषिराम भण्डारी कमला भट्टराई भण्डारी परिवारबाट १५० युरो, चिरन्जिबी भगवती अर्यालबाट १५० युरो, अमीर गिरी सुनिता पूरी परिवारबाट १११ युरो, किरण ईन्दिरा अर्याल परिवारबाट १०० युरो, चक्रपाणि (गोकूल) कँडेल परिवारबाट ५० युरो र डिल्लिराज साबित्रा गैरे परिवारबाट ५० युरोको जम्मा नेपाली २ लाख २० हजार ५ सय रुपैँया पनि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ ।

यस अघी रबी लामिछाने फाउण्डेशनले कालिकोटको रास्कोटमा बनाउँदै गरेको रास्कोट सामुदायिक अस्पातलको भवन निर्माणार्थ पनि फिन्निश नेपाली समाजले सहयोग हस्तान्तरण गरेको गरेको थियो । जनवरी १६ मा सँस्थाका अध्यक्ष नन्दानन्दन (नबिन) भट्टराई, कोषाध्यक्ष मुकुन्द भण्डारी र सदस्य यम बहादुर के.सी सहितको टोलीले पत्रकार रबीलामिछाने र फाउण्डेशनका संयोजक तथा रास्कोट सामुदायिक अस्पतालका निर्देशक डा. मुकुल ढकाललाई संयुक्त रुपमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरिएको थियो ।

समाजले यस अघी पनि रौतहटका बढी पीडित, धादिङ रि गाउँका भुकम्प पीडित, गुल्मी दजाकोटका आगलागी पीडितहरुको लागि पनि राहत समाग्री र आर्थिक सहयोग पठाएको थियो भने धुर्मुस सुन्तलीले निर्माण गरेको सन्तपुर नमुना बस्ती र गुल्मी चन्द्रकोट सिद्दबाबामा निर्माण भएको मोटरबाटोको लागि पनि समाजले आर्थिक सहयोग गरेको थियो । त्यस्तै समाजले नेपालका बिभिन्न बिद्यालयहरुमा शैक्षिक तथा खेलकुदका सामाग्रीहरु पठाउने, अनाथालय र बृद्वाश्रमहरुमा व्हिल चियर तथा बन्दोबस्तीका सामाग्रीहरु पनी पठाउँदै आएको छ ।

यसै गरी तम्घास स्थित आशा अपांग केन्द्रमा आश्रीत अपांगहरुको लागि आवश्यक केही समाग्रीहरु पनि पठाउने तैयारी भईरहेको र गुल्मीकै रुद्राबेणी स्थित राम मन्दिर आश्रममा आश्रित बृद्वबृद्वाहरुलागी नियमित स्वास्थ्य उपचारमा सघाउनको लागि अक्षयकोष खडा गर्ने तैयारी चलिरहेको पनि समाजले जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D