जयराम ज्ञवाली
अाेमान, भाद्र २ । नेपाली राजदूतावास मस्कट अाेमानले हिजाे यहाँ रहेका सकृय संघ संस्थाहरूका प्रतिनिधिहरूसंग एक छलफल कार्यक्रम आयोजना भएको छ । दुतावास परिसरमा भएको कार्यक्रममा नेपालमा केही दिन देखि भएको अविरल वर्षाका कारण प्रभावित व्यत्ती तथा परिवारहरूलाई गर्न सकिने सहयाेगका बारेमा छलफल भएको हो ।
कार्यक्रमकाे सभापतित्व महामहिम राजदूत शर्मिला पराजुली ढकालले गर्नु भएको थियाे । नेपाली राष्ट्रिय गान बजाएर शुरु गरिएको कार्यक्रममा नेपालमा बाढि, पहिराे र डुबानबाट जीवन गुमाउनु भएका नेपालीहरूकाे चिर-शान्तिकाे कामना गर्दै २ मिनेटको माैन धारण गरिएको थियाे । कार्यक्रममा गैर अावासिय नेपाली संघ अाेमान तथा अन्य केही राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले अा-अाफनाे केन्द्रीय संगठनकाे निर्देशन अनुसार राहत रकम संकलन गरेकाे र केन्द्रकै दैवि प्रकाेप खातामा जम्मा गरिने जानकारी दिएका थिए । त्यस्तै केही संघ संस्थाका प्रतिनिधित्वहरूले नेपाल सरकारले राहत वितरणका लागि यस पटक लागू गरेकाे १ द्वारा पद्वति साकारात्मक रहेकाे बताएका थिए ।
कार्यक्रमकाे अन्तमा राजदूत पराजुलीले नेपालमा अाएकाे दैवीप्रकोप यस दुखद अवस्थामा अाेमानमा रहनु भएका संघ संस्थाहरूले गरिरहेकाे कार्यकाे बारेमा जानकारी लिन छलफल कार्यक्रम अायाेजना गरिएको जानकारी गराउनु भएको थियोे । साथै वहाँले २०७२ सालमा नेपालमा गएको महाभूकम्प काे बेलामा अाेमानवासि नेपालीहरूले गर्नु भएको सहयाेगकाे प्रशंसा गर्नुहुँदै दुतावासकाे मातहतमा संकलन गर्न नेपाल सरकारबाट हाल सम्म कुनै निर्देशन नअाएकाे बताउनुभयो । उहाँले अाफनाे स्वेच्छाअनुसार रकम सहयाेग गर्न चाहनु हुने नेपालीहरूले प्रधानमन्त्री दैवि प्रकाेप उद्वार काेषकाे ताेकिए बमोजिमका बैंकहरूको खातामा रकम जम्मा गर्न सकिने गृह मन्त्रालयकाे सुचनाकाे बारेमा जानकारी गराउनु भएको थियाे ।
त्यसैगरी अनाधिकृत रूपमा राहत रकम संकलन गरि राहत रकम दुरुपयोग गर्नेहरू संग सबै नेपालीहरूलाई सावधान रहन दुतावासले अनुराेध गरेको छ । माहामहिम राजदूत पराजुलीले साे अवसरमा दैवीप्रकोपबाट प्रभावित व्यत्ती तथा परिवारहरूलाई राहत स्वरूप अाफनाे १ महिनाकाे तलब बराबरकाे रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार काेषकाे नेपाल बैंक लिमिटेड काठमाडौकाे खाता नम्बर ००२-११-०५३३-१३ मा जम्मा गर्नु भएको व्यहाेरा जानकारी गराउनु भएको थियाे । यस अवसरमा ओमानमा कृयाशिल पत्रकार, संघ संस्थाका प्रतिनिधिहरू तथा दुतावासका प्रतिनिधिहरू गरि करीब ३० जनाकाे सहभागीता रहेकाे नेपाली राजदूतावास मस्कटले जनाएको छ ।