gulminews logo
शुक्रबार, २०८० चैत्र १६

यि हुन् सम्मान पाउने गुल्मीका सफल महिला उद्यमीहरु

तिलाचन पाण्डे
गुल्मी, ९ मंसिर । जिल्लाका सफल महिला उद्यमीलाई घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीले आज सम्मान गरेको छ ।

दोस्रो उद्योग दिबसको अबसरमा जिल्लामा क्रियाशिल ५ महिला उद्यमीहरुलाई घरेलु तथा साान उद्योग बिकास समिति गुल्मीले सम्मान गरेको हो । यसरी सम्मानीत हुनेमा शैलेस सिलाई कटाई उद्योगकी श्यामकला भलामी, रेसुङगा ढाका उद्योगकी झुपा बगाले, रेसुङगा फाईबर झोला तथा स्क्रीन प्रिन्टकी अनिषा केशी, बिएल सिलाईकटाई तथा इन्सिच्युडकी बिष्णु बलाल र एकल सफल महिला उद्यमी तारा सिलाई कटाई उद्योगकी तारा ज्ञवालीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान तथा अभिनन्दन गरिएको हो ।
gulmi women enterpreneurs
सम्मानित हुने महिलाहरु राष्ट्रिय महिला उद्यमी पुरस्कार प्राप्त गरेका महिलाहरु हुन् । उद्यमी महिलाहरुलाई सम्मान गर्दै कार्यक्रममा रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले महिलाहरु यसरी उद्यम सिलतामा लागेर आज सम्मान गर्न पाउदा सारै खुसी लागेको भन्दै नगरपालिकाले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका निम्ति सहयोग गर्ने बताउनुभएको छ ।
यसै गरी गुल्मी उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले गुल्मीमा साना उद्योग स्थापना गर्नेको लहर चलेको र संभाबना भएकाले युवाहरु पनि बिदेशीनु पर्ने अबस्था नरहेको बताउनुभयो ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D