gulminews logo
मंगलवार, २०८० चैत्र ६

मोहनका बुबा भन्छन् – ‘छोरो जीवन माग्छ, अस्पताल पैसा’

हुमाकान्त पोखरेल
गुल्मी, ०८ जेठ । गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक घर भई हाल तम्घास खानिगाउँमा बस्दै आएका २५ बर्षिया मोहन तरामुको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो । गुल्मीका विभिन्न क्लव हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाई जिल्लाको शिर उचोँ राख्न सफल तरामु यतिबेला आफै जिवन मरणको दोँसाधमा छन् ।

शुक्रबार छल्दी पनाहा स्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा ढुङ्गामा टाउको ठोक्किदा उनको ढाड, घाँटी र नशाामा गम्भिर चोट लागेको छ । शुक्रबार नै तम्घास अस्पतालमा ल्याइएपनि उपचार सम्भव नभएपछि बुटबलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो । अहिले उनको शरिरको छातिभन्दा तलको भाग निष्क्रिय भएको छ । घाँटीको हाड भाँचिएको र मेरुदण्डको नशा च्यापिएको मोहनका बुबा पूर्ण बहादुरले बताए । मोहनलाई शुक्रबार नै बुटबल पु¥याइएको थियो । तर एकै दिनमा एक लाख २० हजारभन्दा बढी रकम खर्च भइसकेको र बाँकि रकम आफुसँग नभएकोले सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

लामो समयसम्म माओवादी आन्दोलनमा सक्रिय पूर्ण बहादुर पछिल्लो समय खानिगाउँमा सामान्य किराना पसल गर्दै गुजारा चलाएका थिए । अहिले छोराको उपचार गर्न आर्थिक अभाव भएपनि छोरालाई बचाउने रहर भएको भन्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । ‘उपचारको लागि मात्रै आठ लाखभन्दा बढी रकम चाहिने भनेका छन् ।’ मोहनका बुबा पूर्णबहादुरले भने, ‘छोराले जीवन माग्छ, अस्पतालले पैसा ।’ मेरुदण्डको अप्रेशन गर्न मात्रै करिब डेढ लाख लाग्ने लाग्ने र नशा च्यापिएको उपचारको लाग्ने रकम यकिन नभएको पूर्ण बहादुर बताउछन् । कम्तिमा डेढ महिना अस्पतालमै बस्नुपर्ने भएकोले खर्च अझ धेरै लाग्न सक्ने उनको भनाई छ ।

परिवारका पाँचैजना सदस्यहरुको स्वास्थ्य बीमा गरेपनि तिनाउ अस्पतालमा बीमाले काम नगर्दा समस्या भएको उनले बताए । उनको उपचारको लागि नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले २५ हजार सहयोग गरेको महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्यालले बताए । मोहनको उपचारमा कसैले सहयोग गर्न चाहेमा उनका बुबा पूर्ण बहादुरको फोन नम्बर ९८६९४५१७७०, पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालको फोन नम्बर ९८५७०६७२२७ तथा महासंघकै कार्यसमिति सदस्य हुमाकान्त पोखरेलको फोन नम्बर ९८५७०४९३३३ सम्पर्क गर्न परिवारले सबैमा आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D