gulminews logo
बुधबार, २०८१ जेष्ठ ९

मोटरसाईकलले ठक्कर दिँदा युरोपेली मुलुक पोर्चुगलमा गुल्मीका एक युवाको मृत्‍यु

गुल्मीन्युज
लिस्बन, जुन ३ । युरोपेली मुलुक पोर्चुगलमा गुल्मीका एक युवाको ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा गुल्मी मुसिकोट नगरपालिका वार्ड नं ६ स्थायी घर भई बिगत एक बर्ष देखी पुर्चुगलमा रहँदै आएका रमेश कुमार रिजाल शर्मा रहेका छन् ।

३७ बर्षिय शर्माको मोटरसाईकलको ठक्करबाट मृत्‍यु भएको पोर्तुगलको चर्चित ट्याबलोईड Correio da Manhã ले खबर छापेको छ । शर्मालाई पोर्चुगलको राजधानी लिस्बनबाट झन्डै ४ सय किलोमीटरको दुरिमा रहेको भिला नोभा दे मिल्फोन्तेस भन्ने स्थानमा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।

गत मे ३१ तारिख राती करीब ९:४० बजेतिर साइकलमा सवार रहेका शर्मालाई तीब्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि उनलाई उपचारको लागि अस्पतल लगिएको थियो । उनको सोही राती उपचारकै क्रममा अस्पातलमै निधन भएको हो । मोटरसाइकल चालक ४३ बर्षिय पोर्चुगिस नागरिक डिनेश पनि गम्भीर घाइते भएको र उनी उपचारकै क्रममा रहेको पनि जानकारी दिइएको छ ।

Correio da Manhã ले मृतक भारतीय नागरिक भनेर लेखे पनि उनी भारतीय नभएर गुल्मी मुसिकोट नगरपालिका वार्ड नं ६ का रिजाल भएको पारिवारिक स्रोत र एनआरएन मार्फत पुष्टी गर्दै युरोप नेपाली डट कमले खबर छापेको छ ।


शर्माको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक श्रोतले जनाएको छ । “दाहसंस्कार लागि आवश्यक कानुनी प्रक्रिया शुरु भइ सकेको” एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए । सन् २०१९ शुरु भए पश्चात पाँच महिना भित्र ४ जना नेपालीहरुले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइ सकेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D