मोटरसाइकलमाबाट खसेर एक जनाको मृत्यु

अनिल खत्री
९ भदौ, गुल्मी । गुल्मीमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ६ मा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वर्षिय दोर्णनाथ कंडेल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

सोमबार दिउँसो कंडेल मोटरसाइकलमा सवार गर्ने क्रममा खसेर घाइते भएर उपचारको लागि श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सामान सहित सवार गरेका कंडेल बाटोमा खसेको चालकले प्रहरीलाई बताएका छन् ।

मोटरसाइकल चालक ३२ वर्षिय बिष्णु बिकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पुनले बताए । घटना बारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D