gulminews logo
बुधबार, २०८१ बैशाख १२

मृगौला पीडित भुजेललाई गुल्मीका होटल व्यवसायीहरुद्वारा ५ हजार रुपैँया सहयोग

गुल्मी, फागुन २८ । जिल्लाका फुटबल खेलाडी युगल भुजेललाई होटल व्यवसायी मञ्च गुल्मीले आर्थिक सहयोग प्रदान गरेको छ । दुवै मृगौला फेल भई उपचार गराइ रहनुभएका भुजेललाई बुधबार होटल व्यवसायी मञ्च गुल्मीले रु ५ हजार आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष भेषराज कंडेलले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्: गुल्मीका मृगौला पीडित भुजेललाई आमा समुहद्धारा झन्डै २ लाख रुपैँया सहयोग

दुवै मृगौला पीडित भुजेलको निवास तम्घासमा होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेल, उपाध्यक्ष लालमणि आर्चाय, सदस्य कृष्ण श्रेष्ठ, तेमलाल आर्चाय, युगल भुजेल बचाउ अभियानका संयोजक राजु पाण्डेले पीडित भुजेलका दाजु डिल बहादुर भुजेललाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो।

होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष कंडेलले केही भएपनि उपचारमा सहयोग पु¥र्याउने उद्देश्यले आफुहरुको तर्फबाट आर्थिक सहयोग गरेको बताउनुभएको छ। उहाँले होटल व्यवसायी मञ्चले जिल्लामा आयोजना हुने खेलकुदका लागि पनि सहयोग गर्दै आएको उल्लेख गर्दै मृगौला पीडित भुजेलको उपचारका लागि पनि उपचारका लागि सहयोग गरेको उल्लेख गर्नुभयो। साथै उहाँले आगलागी, बाढी पहिरो पीडित लगायतलाई पनि मञ्चले सहयोग पु¥यार्एउँदै आएको बताउनुभएको छ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ निवासी भुजेलको दुवै मृगौला फेल भएर उपचार गराई रहनुभएको छ। ३८ वर्षिय भुजेल सामान्य परिवारमा हुर्किएर जिल्लामै उत्कृष्ट फुटबल खेलाडीका रुपमा परिचित रहनुभएको थियो। खेल तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥र्याउनुभएका भुजेलले दुवै मृगौला फेल भएपछि सबैसँग सहयोगको याचना गरिरहनुभएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D