मुसिकोटका तीन बालक चार दिनदेखि सम्पर्क बिहिन

सन्तोष महतरा
गुल्मी, ९ साउन । गुल्मी मुसिकोटका तीन बालक चार दिनदेखि हराएका छन् ।

मुसिकोट नगरपालिका ३ का गणेश विकका १३ बर्षिय छोरा कपिल विक, झविन्द्र सुनारका १४ बर्षिय छोरा विरवल सुनार र श्रीराम सुनारका छोरा १५ बर्षिय छोरा अंकित सुनार हराएको अंकल सुर्य सुनारले बताए ।

उनीहरु साउन ६ गतेबाट परिवारको सम्पर्कमा छैनन् । कपिल ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ्ग स्कुलको कक्षा ५ र बिरवलले पृथ्वी माविको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए ।

आफन्त र संभावित ठाउँमा बालकहको खोजी भएको तर लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि वामी प्रहरीलाई खबर समेत गरिएको छ ।

एकै टोलका तीन बालक एकै दिनदेखि हराएपछि परिवार समस्यामा परेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ