gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मिडल्याण्डबासी मगरहरु एक भए, टंक मगरको अध्यक्षता मगर संघ युकेको १२ औ शाखा गठन

लन्डन, २६ जनवरी । बेलायतभरी छरिएर रहेका मगरहरूलाई एकताको गाँठोमा बाँधेर एकताकै सन्देश सञ्चारित गर्दै मगर संघ युकेको १२ औँ मिडल्याण्ड शाखा गठन भएको छ । लेसेस्टेर स्थित हेरिटेज ईन्डिया रेस्टुरेन्ट सम्पन्न एक कार्यक्रममा बिच मगर संघ युकेको १२ औँ अर्थात् अहिले सम्मकै कान्छो शाखा मिडल्याण्ड शाखा गठन गरिएको हो ।

कार्यक्रममा मिडल्याण्ड आसपासका मगर समुदायका थुप्रै सहभागीहरु मगर भाषा, भेषभूषा, कला, धर्म र संस्कृतिहरूको जगेर्ना गर्दै युगान्तर जिवित राख्न र सबै मगरहरूको एकता र पहिचानका लागी एकै ठाउँमा भेला भएर शाखा गठन गरेका हुन् ।आफ्नो जातीय उत्थानमा संलग्न भई अन्य जातजातिहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने उद्देश्य राखेर शाखा गठन गरेको बताईएको छ ।

मगर संघ युकेका केन्द्रीय अध्यक्ष सुनिल राना, महासचिव रुद्र थापा, ट्रस्टी गोमा राना र सल्लाहकार क्या. वीरबहादुर थापालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्तिथिति रहेको उक्त सभामा संयोजक क्या. भीम सारुमगरको संयोजकत्व र चित्र रानामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

नयाँ जोस, जाँगर, उत्साह र सकारात्मक सोचका साथ मगर समाजमा केही उदाहरणीय र सकारात्मक पक्षको विकास गर्ने उद्देश्यका साथ मगरहरूको बाक्लो उपस्थितिमा निम्नलिखित संस्थापक कार्यसमितिको चयन गरिएको उक्त कार्यसमितिको अध्यक्षमा टंक मगर, उपाध्यक्षमा प्रेम आले (लेसेस्टर), सचिवमा चम्पा थापा (कोलभेल), सहसचिवमा खिम थापा (नोनिटन), कोषाध्यक्षमा पूर्ण बलाल (कोलभेल) र सहकोषाध्यक्षमा दल थापा (पिटरबरो) रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरूमा निरज राना (पिटरबरो), ओम थापा (टेल्फोर्ड), चुडक थापा (कोलभेल), पदम भुजेल थापा (कोलभेल), जामलाल पुन (कोलभेल), बुद्ध थापा (कोलभेल), युवराज थापा (पिटरबरो), जस आले (लेस्टर), श्रीमती विष्णु थापा (कोलभेल) र श्रीमती रिना ठेँडीमगर (कोलभेल) रहेका छन् ।

त्यस्तै समतिले क्या. भीम सारु नोनिटनको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा चित्र राना (बर्मिङ्घम), दल बुढाथोकी (संस्थापक अध्यक्ष युएसए) पिटरबरो र रुमा सारु थापा (नोनिटन) रहेका छन् ।

मिडल्याण्डवरिपरि मगर समुदायको जनसङ्ख्या दिनप्रतिदिन तीब्र गतिले बढिरहेको अवस्थामा आफ्नो चिनारी के हो र यसवरिपरिका मगरहरू एकआपसमा एकजुट भएर भावी सन्ततिहरूलाई आफ्नो पहिचानका बारेमा बोध गराउनका लागी संसार भरी छरिएर रहेका मगरहरु संगठित रुपमा एक हुने क्रम बढ्दो छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D