gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मालिका गापाका जनप्रतिनिधी र कर्मचारीद्धारा ५ किमी सडक मर्मत

टोपलाल अर्याल
गुल्मी, ६ भदौ । मालिका गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले सडक मर्मत गरेका छन् । बर्षाको भलले सिमलटारी–दगास–अर्खबाङ सडकखण्ड अत्यन्तै जिर्ण भएपछि अध्यक्ष रित बहादुर थापा सहितका जनप्रतिनिधी र कर्मचारीहरुले एक दिनभर सडकमै काम गरेका थिए ।

बाटोका अप्ठ्यारो ठाउँमा माटोले पुर्ने, सोलिङ गर्ने तथा नाली काट्ने लगायतका काम गरिएको नेतृत्व गरिरहेका गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । सवारी साधन आवतजावतमै समस्या भएपछि गाउँपालिकाको टोलीले नै सडक मर्मत गरी संचालनमा ल्याएको पोखरेलले बताए ।

११ किलोमिटर सडक मध्ये बिग्रीएको पाँच किलो मिटर सडक गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र लेन्थ वर्कर गरी ६६ जनाको सक्रियतामा मर्मत गरिएको गाउँपालिकाका सव इन्जिनीयर डिल्लीराज खनालले बताए । साथै लेन्थ वर्करको काम र औजारको प्रयोगका बारेमा पनि जानकारी दिइएको खनालले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D