gulminews logo
मंगलवार, २०८१ बैशाख ११

मार्चमा गुल्मी सेवा समाज कतारको वनभोज तथा साँस्कृतिक कार्यक्रम, गुल्मीको अर्गानिक कफी मुख्य आकर्षण

दोहा, २७ फेब्रुअरी । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले आगामी मार्च १८ तारिख शुक्रवारका दिन “गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृति सहयोगार्थ” गुल्मेली मिलन तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा गुल्मीको अर्गानिक कफी रहने उक्त कार्यक्रममा कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उपस्थित गराउने, यहाँ रहेका नेपालीहरु बिच भेटघाट, प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजसँग आवद्ध हुन समाजका अध्यक्ष कुमार अविरल पन्थीले आग्रह गरेका छन् । बिशेष कारणवस पुर्व घोषित मितिमा कार्यक्रम आयोजना गर्न सकेनौ र सोहि कार्यक्रम मार्च १८ तारिखमा सारेका छौ उनले भने, उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत उनले अनुरोध गरे ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि निरन्तरता दिएको उक्त कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतिहरु रहने बताइएको छ ।

कतारमा रहेका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन भने श-शुल्क आयोजना गरिएको सोहि कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको व्यवस्था समेत गरीने आयोजक पक्षले जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D