gulminews logo
शनिबार, २०८१ बैशाख ८

मानव कल्याण मित्र मञ्च नेपालले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने, भारतमा रहेका नेपालीलाई सहभागी हुन आग्रह

रामकृस्ण कंडेल
फागुन १९ । मानव कल्याण मित्र मञ्च नेपालले मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाऊने निर्णय गरेको छ । यस अवसरमा भारतमा रहेका नेपालीहरुको संस्था प्रवासी नेपाली मित्र मञ्चले महिला हिंसा विरुद्ध प्रत्येक बर्ष चेतनामुलक कार्यक्रम गर्दै आएको र यस बर्ष पनि बिबिध कार्यक्रम आयोजना गरी नारी दिवश मनाऊन गई रहेको संस्थाका संस्थापक अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताऊनु भयो ।

नेपालमा गठन गरिएको मन्चको भगिनी संस्था मानव कल्याण मित्र मञ्चको बुटवलमा बसेको बैठकले उक्त कार्यक्रममा भारतमा रहेका नेपालीलाई उत्साहजनक सहभागिताको लागि समेत आग्रह गरेको छ । बैठकले मञ्चको कार्यालय भवन निर्माणकालागि जग्गा व्यबस्थापन गरिदिन तिलोत्तमा नगरपालिकासंग आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यस्तै विशेष कार्यक्रमको आयोजना गरेर बुद्ध जयन्ति समारोह मनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा मञ्चका सल्लाहकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, संरक्षक अम्विका अर्याल, कोषाध्यक्ष शालिकराम गौतम लगायतले मञ्चले सामाजिक क्षेत्रमा समेत रचनात्मक काम गर्नुपर्ने भनाई राख्नु भएको थियो ।प्रवासी नेपालीहरुका समस्या समाधानका लागि भारतमा काम गर्दै आएको प्रवासी नेपाली मित्र मञ्चको भगिनी संस्था मानव कल्याण मित्र मञ्चले सहयोगि संस्थाको रुपमा काम गर्ने र अन्य सामाजिक तथा रचनात्मक काममा समेत मञ्चको सक्रिय योगदान रहने मञ्चका अध्यक्ष अर्यालले बताउनु भयो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D