gulminews logo
मंगलवार, २०८० चैत्र ६

माओवादी सोच र ब्रान्ड उत्कृष्ट छ, रेल अनी घर–घरमा ग्यास जस्ता सस्ता नारा धेरै टिक्दैन: मुख्यमन्त्री केसी

हुमाकान्त पोखरेल
गुल्मी, १३ मंसिर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ माओवादी सोच र ब्रान्ड उत्कृष्ट भएको बताएका छन् ।

नेकपा माआवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै केसीले माओवादीले मात्रै देश विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका हुन् । कम्युनिष्ट पार्टीको नाममा एमालेले नदि किनारमा भोज गरेकोले एमाले लगायतका अन्य पार्टीहरुले माओवादी केन्द्रबाट सकारात्मक कुराहरु सिक्नुपर्ने धारणा राखे ।

रेल, घर–घरमा ग्यास लगायतका सस्ता आश्वासन दिएर केही दलले राजनीति गरेपनि त्यो धेरै समय नटिक्ने मुख्यमन्त्री केसीको भनाई छ । गणतन्त्रको नेता प्रचण्ड र सहकमर्तीकता गिरिप्रसाद कोइराला भएकोले अन्य नेताहरु समयसापेक्ष जन्मिएको उनले बताए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका १०९ पालिकाहरुमध्ये माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा बढी विकास भएकोले अब आउने निर्वाचनमा पनि माओवादी केन्द्रलाई नै विजयी बनाउनुपर्नेमा जोड दिए । त्यसका साथै माओवादी केन्द्रले नेतृत्व गरेको धुर्कोट गाउँपालिका पनि विकासका हिसाबले सन्तोषजनक रहेकोले अन्य पालिकाले पनि यस्तै उदाहरणीय कार्य गरेमा नागरिकमा संघीयताप्रतिको विश्वास बढ्ने उनले बताए ।

कार्यक्रमकै अवसरमा माओवादी आन्दोलनको क्रममा जेल जिवन बिताएका, घाइते, अपाङ्ग, शहिद परिवार लगायतलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D