gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मन्त्री ज्ञवालीले आफै हेलिकप्टर मार्फत राहत लिएर आए र घाइते लिएर फर्के

टोपलाल अर्याल
गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा आएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पकमा हेलिकप्टर मार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा लिएर आएका थिए ।

मंगलबार पनि लिम्घा पनि मन्त्री ज्ञवाली राहत लिएर लिम्घा आएका थिए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मन्त्रीहरु संग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताए । ‘सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि हेलिकप्टरको विकल्प भएन,’उनले भने,‘मन्त्रीहरुसंग समन्वय गरेर साँझ लुम्पेकमा केहि राहत पु¥यायौँ ।’ उनले जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएकाले अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D