gulminews logo
मंगलवार, २०८० चैत्र ६

मदानेमा १५ शैयाको अस्पताल शिलन्यास, एक पालिका एक अस्पताल गुल्मीमा पनि सुरु

विवश विष्ट
गुल्मी, १४ मंसिर । मदाने गाउँपालिकामा १५ शैयाको सरकारी अस्पताल बन्ने भएको छ । निर्माण हुने १५ शैयाको सरकारी अस्पतालको आइतबार शिलान्यास गरिएको छ । मदाने गाउँपालिका वडा न ६ पुर्कोटदहमा निर्माण हुने अस्पतालको पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टद्वारा शिलान्यास गरिएको हो ।

बिहिवार शिलान्यास गरिएको सो कार्यक्रममा पुर्व मन्त्री विष्टले अस्पताल निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान गर्नुभएको थियो । गुल्मीको मदाने गाउँपालिकामा अस्पताल शिलान्यास भए सँगै नेपाल सरकारले सुरु गरेको एक पालिका एक अस्पताल पनि गुल्मीमा मदाने गाउँपालिकाबाट सुरु भएको पुर्वमन्त्री गोकर्ण बिष्टले बताउनुभयो ।

मदानेको वडा नं. ६ पुर्कोटदहमा बन्ने सरकारी अस्पताल मदानेको मात्र नभई जिल्ला कै उत्कृष्ट बन्ने बताइएको छ । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसिले यस आर्थिक वर्षमा एक करोड ४४ लाख संघीय सरकारबाट विनियोजन भएको तर टेन्डर आव्हान १८ करोड कै गरिने बताउनुभएको छ । १८ करोड लागतमा बन्ने अस्पतालको भवन २ वर्षमा सम्पन्न हुने भएको छ

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D