मदानेमा नि:शुल्क पशु स्वास्थ्य शिविर संचालन हुँदै

विवश विष्ट
मदाने, २२ चैत । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा निशुल्क पशुको स्वास्थ्य शिविर संचालन हुने भएको छ । पालिकाका विभिन्न वडाहरुमा फरकफरक दिन १/१ दिने शिविर संचालन हुने भएको हो ।

गाउँपालिकाको आयोजनामा यहि चैत २६ गते देखि ३१ गते सम्म संचालन हुने पशु स्वास्थ्य शिविर प्रत्येक वडाहरुमा हुने छ । शिविर चैत २६ गते वडा नम्बर १ अग्लुङ्गमा, २७ गते वडा नम्बर २ बाझकटेरीमा, २८ गते वडा नम्बर ३ सिर्सेनीमा, २९ गते वडा नम्बर ५ मलागिरिमा , ३० गते वडा नम्बर ४ म्यालपोखरी,र र ३१ गते वडा ७ भनभनेमा शिविर संचालन हुने बताइएको छ ।

शिविरमा निशुल्क पशुपंक्षी उपचार तथा अौषधी वितरण र पशु बन्ध्याकरण सेवा तथा सुविधा सो पशु शिविरबाट उपलब्ध हुने मदाने गाउँपालिका कृषि शाखाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ