gulminews logo
शनिबार, २०८१ बैशाख ८

मजुवामा भलिबल तथा ब्याडमिण्टन प्रतियोगीता सम्पन्न, भलिबलमा २४ र ब्याडमिण्टनमा ७२ टोली सहभागी

मौसम अर्याल
गुल्मी, पुष १ । गुल्मीमा युथ भिजन क्लबको आयोजनामा खुल्ला भलिबल तथा ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रकोट गाउँपालिका वार्ड नं ८ मजुवा स्थित क्लबको खेल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो ।

युथ भिजन क्लबको आयोजनामा गत मंसिर २४ गते बाट शुरु भई ४ दिन सम्म चलेको प्रतियोगितामा भलिबल तर्फ २४ टिम र ब्याडमिण्टन तर्फ ७२ टिमको सहभागिता रहेको थियो ।

कुल २४ टिम समाबेश भलिबल खेलमा खुसी सुनचाँदी आँपचौर उपाधी आफ्नो हात पार्न सफल सफल रहयो । प्रतियोगिताको फाइनल खेलमा आँपचौरले लगातार उत्कृष्ट प्रदर्शन गर्दै जीत आफ्नो पोल्टामा पार्न सफल भएको हो । चन्द्रकोट वडा नं ४ को रेमि युवा क्लबले भने उपबिजेतामै चित्त बुझाउन वाध्य भयो । उता छत्रकोट २ पल्लिकोटको लाम्घाली युथ ग्रुपले तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

प्रथम, दितिय र तृतीय टिमले क्रमश २० हजार रुपैँया, १२ हजार रुपैँया र ८ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेका थिए ।

त्यसै गरि ब्याडमिन्टन तर्फ कुल ७२ टाेली समाबेश प्रतियोगिता पोल ए र पोल बि गरी २ समुहमा बिभाजन गरी खेलाईएको थियो । पोल ए तर्फ चन्द्रकोट गाउँपालिकाको शान्तिपुरले जित हात पार्न सफल रहयो भने रेसुङ्गा गाउँपालिका स्थित तम्घासको टिमले उपबिजेतामै चित्त बुझायो । पोल ए तर्फको प्रथम पुरस्कार २५ हजार रुपैँया नगद, मेडल र प्रमाण पत्र राखिएको थियो भने उपबिजेताको लागि १५ हजार रुपैँया नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार राखिएको थियो ।

उता प्रतियोगिताको पोल बि तर्फ मुसिकोट नगरपालिका स्थित वामीको टिमले जित हात पार्न सफल रहयो भने सत्यवती गाउँपालिका स्थित खैरेनीको टिमले उपबिजेतामै मन बुझायो । पोल बि तर्फको प्रथम पुरस्कार राशी २० हजार रुपैँया र उपबिजेताको लागि १० हजार रुपैँया नगद, मेडल र प्रमाण पत्र पुरस्कार राखिएको थियो ।

कमल गाहाले संयोजन गरेको भलिबल खेल प्रतियोगिताको ब्यबस्थान किरण बरालले गर्नु भएको थियो । उदघोषणमा मौसम अर्यालले र किरण सुबेदीले साथ दिनु भएको थियो ।

त्यसै गरि ब्याडमिन्टन तर्फ खेल संयोजन दिनेश बकुन्छे (श्रेष्ठ) र किरण सुवेदीले गर्नुभएको थियो जसमा लोकेन्द्र कुँवरले बिशेष सहयोग गर्नुभएको थियो । प्रतियोगिताका बिशिष्ट अतिथी लुम्बिनी प्रदेशका सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले क्लबको नवनिर्मित ब्याडमिन्टन कर्भड हलको उदघाटन समेत गर्नुभएको थियो । मन्त्री सुदर्शन बरालको उपस्थितीमा आयोजित कभर्डहल उद्घाटन कार्यक्रमको सन्चालन भने कमल थापाले गर्नुभएको थियो । जिल्ला समन्वय समिती सदस्य चेतन बस्नेतले उदघाटन गर्नुभएको प्रतियोगितालाइ युथ भिजन क्लबका अध्यक्ष जीवन थापाले समापन गर्नु भएको थियो । यो प्रतियोगिता २०७७ सालमा जिल्लामा आयोजित प्रतियोगिता मध्य सबै भन्दा बृहत प्रतियोगिता हो ।

भिडियो हेर्नुस्:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D