gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मगर संघ यूकेमा सीता पुन, ईतिहास रच्दै पहिलो महिला अध्यक्ष

लण्डन, अप्रिल ०९ । मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्वको रुपमा सिता पुन मगर निर्वाचित भएकी छन् । शनिबारफार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस् हलमा सम्पन्न सातौँ साधारण सभाबाट पहिलो पटक महिला नेतृत्वको रुपमा सिता पुन मगरले अध्यक्षमा जित हासिल गरेकी हुन् ।

पुनले आफ्न प्रतिद्वन्दी राम गलामी मगरलाई जम्मा ३ मतान्तरले पछाडी पार्दै अध्यक्षमा आफ्नो जित सुनिस्चित गरेकी हुन् । ८ सय ६४ मतदाता रहेको संघमा जम्मा ४ सय ३१ मत खसेको थियो जसमा पुनले २ सय १६ मत सहित जित हासिल गरिन् भने अध्यक्षका प्रत्यासी गलामीले २ सय १३ मत मात्र प्राप्त गरे ।

सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएपनि अन्नत अध्यक्षका आकांक्षी २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढेको थियो ।

नेपालको म्याग्दी स्थाई घर भएकी अध्यक्ष पुनले यसअघि मगर संघ यूकेका विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । पुन केन्ट शाखामा सांस्कृतिक सहसचिव, महिला संघ सचिव हुँदै केन्द्रीय महिला संघ सचिव र मगर संघ यूकेमा दुई कार्यकाल उपाध्यक्ष बनिसकेकी छन्।

“म बोलेर होइन काम गरेर देखाउन चाहन्छु, मगर संघ यूकेलाई अल्पकालिन र दीर्घकालिन योजना बनाइ नयाँ उचाइमा लैजाने मेरो ठूलो चाहना छ”, पुनले आफ्नो निर्वाचन घोषणापत्रमा भनेकी थिईन्, “युवा, महिलाहरु उल्लेख्य सहभागिता तथा मगर समुदायभित्रका विविधतालाई आत्मसम्मानका समेटी संघलाई एक ढिक्का बनाउन लागि पर्नेछु ।”

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D