मगर संघ बेलायतको अध्यक्षमा ले.सुनिल राना बिजयी

लण्डन, अप्रिल ९ । मगर संघ बेलायतको अध्यक्षमा लेप्टीनेन्ट सुनिल राना बिजयी भएका छन् । गत शनिबार अफ्रिल ६ मा भएको निर्वाचनमा रानाले २४० मत ल्याएर बिजयी भएका छन् भने उनकी प्रतिद्धन्द्धी अनिता रानाले १८६ मत ल्याएर पछि परेकी छन् ।

अध्यक्षमा दुवैजनाको दावि रहेपछि प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने भन्दै निर्वाचनमा जानु परेको थियो । संघका अन्य पदाधिकारी सबै निर्विरोध निर्वाचित भएको पनि निर्वाचन कमिटीले जनाएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा सीता पुन र उपाध्यक्षत्रयमा राम गलामी र लाल पुन,महिला उपाध्यक्षमा छबी माया पुन, महासचिवमा रुद्र थापा,सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका मगर रहेका छन् ।

त्यसै गरि सदस्यमा किशोर रानामगर, सरु रानामगर, निर्मल थापामगर, गजबिर थापामगर, दण्ड थापामगर, रमेश दुरामगर, मोहन थापामगर, टेक रानामगर र शिब रानामगर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ भने ४ पद पछि पदपूर्ति गरिने बताइएको छ ।

लण्डनको अल्डरसटमा अवस्थित कन्नत लेजर सेन्टरमा सम्पन्न अधिवेशनमा महासचिव, कोषाध्यक्ष र १२ वटा शाखाहरुले प्रतिवेदन पेश गरेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D