मकैको झोँतामा छिमेकी बच्चाले लाइटर सल्काईदिँदा एक घर जलेर नष्ट

केशवराज क्षेत्री
हुग्दिशिर , १८ वैशाख । बाग्लुङको बरेङ गा.पा २ हुग्दिशिर सक्नेरीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब २ बजे स्थानीय रन बहादुर पुनको खरको घरमा आगलागी भएको हो ।

छिमेकी ६ वर्षको बालकले पुनको घरमा झुन्डाइएको मकैको झोँतामा लाइटर पार्दा आगलागी भएको थियो ।

आगलागीबाट मानवीय क्षति नभएतापनी लत्ताकपडा, अन्नबाली, दारपात जल्दा करिब ३ लाख ६० हजार बराबरको क्षति भएको छ । स्थानीय युवा तथा महिलाहरुको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । पानीको अभावका कारण आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D