gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भ्रमण वर्ष २०२० मा गुल्मीमा के के हुँदैछ ?

गुल्मी, पुस १६ । सरकारले अंग्रेजी वर्ष सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक जिल्लामा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति निर्माण भईसकेका छन् । जसको अध्यक्षमा जिल्ला समन्व्य समितिको प्रमुख रहने व्यवस्था छ ।

गुल्मीमा पनि जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिको अध्यक्षमा जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली रहनुभएको छ । समितिले जिल्लामा पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थल पहिचान लगायतका काम अगाडि बढाएको छ ।

भ्रमण वर्ष एक स्थानीय पहिचानमा ल्याउन तथा पर्यटकीय क्षेत्रको रुपमा चिनाउनका लागि अवशरको रुपमा रहने स्थानीयले औल्याएका छन् । भ्रमण वर्षलाई सफल बनाउन उनीहरुले केबल सरकारको मात्र नभएर स्थानीय नागरीकको पनि महत्वपूर्ण भुमिका रहने बताएका छन् ।

रेसुङ्गा नगरपालिका–१ का घनश्याम पाण्डेले आफ्नो स्थानीयतहमा भएका धार्मिक एवं पर्यटकीय स्थललाई प्रचार–प्रसारमा ल्याउन नागरीकको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले आउने पर्यटकलाई गरीने स्वागत सत्कार एवं वातावरणीय सरसफाईमा ध्यान पु–याउनुपर्ने बताउनुभयो ।

भ्रमण वर्षलाई सफल बनाउन आन्तरीक पर्यटकलाई बढी जोड दिने बताउनुहुन्छ अर्का स्थानीय टोमलाल पन्थी । ‘जिल्लामा धेरै धार्मिक स्थल छन् । तिनिहरुको प्रचार गर्नुपर्छ । ’ पन्थीले भ्रमण वर्षलाई सफल बनाउन नागरीक पनि जागरुक हुनुपर्ने बताउनुभयो ।

भ्रमण वर्ष स्थानीयस्तरमा भएका साधन स्रोत–साधनलाई पहिचानमा ल्याउने महत्वपूर्ण अवशरको रुपमा लिनु पर्ने स्थानीय शान्ता पोखरलले बताउनुभयो । हरेक नागरीक आफ्नोतहबाट लागे मात्र भ्रमण वर्ष सफल हुने पोखरेलको भनाई छ ।

कुन–कुन हुन त भ्रमण गर्ने गुल्मीका धार्मिक एवं पर्यटकीय स्थल ?
जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गुल्मीले भ्रमण वर्षलाई लक्ष्यित गरी २२ भन्दा बढी पर्यटकीय स्थलहरुको पहिचान गरेको छ । ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा, रुरु, कुर्घा–मालिका, सत्यवती, शालिमेदह, सेतीवेनी, अश्लेवा ठुलावगर, अर्जुन, आँपचौर, श्रृङ्गा, टिमुरे ताल, दिव्रुङ्गदह, चक्रेश्वर मन्दिर, वामी सरस्वती मन्दिर रहेका छन् ।

भार्सेको अगरउड, छत्रकोट चोयगा, गुल्मीदरबार, धुर्कोट, इस्माकोट, मुसीकोट दरबार, मदाने, मालिका, कंङ्के देउराली, विचित्र गुफा, अरविन्द्र आश्रम, लेकपोखरा, अश्लेवा रुद्रवेणी राममन्दिर, हरेवाको झरना, बढीगाड ¥याफ्टीङ्ग, गुल्मी कफी, सेरामिक्स लगायत पर्यटकीय पहिचानका रुपमा रहेका त्यस समितिले जनाएको छ ।

गुल्मीमा रुरुक्षेत्र रिडिबाट भ्रमण वर्ष शुरु गरीने
गुल्मीमा भ्रमण वर्ष २०२० रुरुक्षेत्रको रिडिबाट शुभारम्भ गरीने भएको छ । जिल्लाको मुख्य प्रवेशद्धार भएकाले रुरुक्षेत्रको रिडिबाट यही पौष १६ गते भ्रमण वर्षको शुभारम्भ गरीने जिल्ला समन्व्य समितिका प्रमुख तथा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष लक्ष्मण पराजुलीले बताए ।

रिडि, गुल्मी, पाल्पा, स्याङजाको संगम स्थल पनि हो अध्यक्ष पराजुलीले भने ‘पर्यटकलाई आर्कषण गर्न सहज समेत हुने भएकाले भ्रमण वर्ष रिडिबाट शुभारम्भ हुन लागेको हो । पाल्पाको ऋषिकेश मन्दिर नजिक पर्ने तथा तीन जिल्लाको संगम स्थल पनि भएकाले रिडिबाट भ्रमण वर्ष शुरु हुने भएको हो ।

शुक्रबार स्थानीयतहरुका प्रमुखहरुसँग बैठक बसी पर्यटन प्रवद्र्धन समितिले विभिन्न बिषयमा छलफल समेत गरेको छ ।स्थानीयतहका प्रमुखहरुको बैठकले अन्तरपालिकास्तरीय भ्रमण गर्ने, शुभारम्भ कार्यक्रममा १२ वटै स्थानीयतहबाट सहभागी बन्ने बिषयमा छलफल भएको जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले जानकारी दिए ।

भ्रमण वर्षलाई सफल बनाउनका लागि आन्तरीक पर्यटकलाई बिशेष प्राथमिकता दिने, जिल्लास्तरीय रुपमा फुड फेस्टीभल सञ्चालन गर्ने तथा जिल्लामा रहेका सबै स्थानीयतहले स्वागतद्वार निर्माण गर्ने बताईएको छ ।

भ्रमण वर्षको शुभारम्भको दिन जिल्लामा रहेका सबै पर्यटकीय स्थलमा निःशुल्क अवलोकन गराईने छ । भ्रमण वर्षलाई सफल बनाउन जिल्लाका सबै स्थानीयतहले आफ्ना कार्यक्रमहरु अगाडि सार्ने बिषयमा पनि छलफल भएको हो ।

भ्रमण वर्षलाई सफल बनाउका लागि के भएको छ त निर्णय ?
भ्रमण वर्षलाई सफल बनाउका लागि विभिन्न निर्णय समेत गरेको छ । जिल्ला समन्वय समितिमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, समग्र जिल्लाको वृत्तचित्र निर्माण गर्ने, पर्यटकीय स्थल समावेश गरी जिल्लाको ब्रोसर प्रकाशन गर्ने, सुचना सम्प्रेषणलाई प्रभावकारी गराउन स्थानीय सञ्चार माध्यममा पर्यटकीय स्थलको पहिचान सहितको सुचना प्रशारण गर्ने निर्णय भएको छ ।

जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थल रुरुक्षेत्र तथा रेसुङ्गा क्षेत्रमा भ्रमण गर्ने, पर्यटकहरुको सहयोगका लागि सम्बन्धीत स्थानीयतहले टुरिष्ट गाइडको व्यवस्था गर्ने निर्णय, तथा जिल्लामा प्यारागलाइडिङका लागि सम्भावित स्थलको खोज गर्ने निर्णय गरेको छ ।

स्थानीय कला, संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न स्थानमा जात्रा महोत्सव तथा संस्कृति प्रर्दशन कार्यक्रमको आयोजना बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D