gulminews logo
बिहीबार, २०८० चैत्र १५

भुवाचिदीबाट काठमाण्डौको लागि एसी सहितको सुविधा सम्पन्न बस सेवा सुरु

अनिश शर्मा गैरे
गुल्मी, २८ जेठ । गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घा भुवाचिदीबाट वामी, बाग्लुङ्गको खर्बाङ्ग हुँदै बाग्लुङ, पोखरा तथा काठमाण्डौ सम्मको लागि सुविधा सम्पन्न बस सेवा सञ्चालनमा आएको छ ।

बस सेवाको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले रीबन काटेर उद्घाटन गरे ।

उद्घाटन सँगै उनले नगरपालिकाबाट अब काठमाडौको सिधा सम्पर्क स्थापना भएको भन्दै आपसी समन्वयमा यस बस सेवाको अझै बिकास र बिस्तार गर्ने बताए । उनले बिकासको एउटा चरण यातायात पनि भएको भन्दै यात्रुहरुको आरमदायी यात्रा गर्न पाउने अधिकारलाइ सुििनश्चत गर्न बस सञ्चालकहरुलाइ आग्रह समेत गरेका छन् ।

बस हरेक दिन दिउँसो १२ः३० बजे भुवाचिदीबाट छुट्ने भएको छ । बसमा मिनरल वाटर, आरामदायी यात्राको ब्यबस्था गरीएको भन्दै धौलागीरी अञ्चल यातायात बस ब्यबसायी सञ्चालक समितिका सदस्य तथा बस ब्यबसायी प्रशान्त श्रीसले लामो समय सम्मको स्थानीय बासिन्दा सँगको छलफल, माग अनुसार बस सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले यात्रुलाइ कुनै पनि समस्या नपर्ने गरी सुरक्षित यात्राको प्रबन्ध मिलाएको भन्दै चालकबाट कुनै समस्या आएको तुरुन्त जानकारी गराउन आग्रह गरे ।

बिश्वसनीय र उत्कृष्ट सेवा दिनमा आफुहरु तत्पर रहेको भन्दै बस सञ्चालक तथा समितिका सदस्य राजेश रिजालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी ३५० बसहरु सो समिति मार्फत सञ्चालनमा आइरहेको जानकारी दिए ।

कार्यक्रममा गुल्मी यातायात ब्यबसायी समितिका अध्यक्ष रुपक श्रेष्ठ, वडाध्यक्ष खड्क बहादुुर खड्का लगायतले बोलेका थिए भने समाजसेवी झबिराम शर्माले स्वागत मन्तब्य राखेका थिए भने उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अनिश शर्मा गैरेले गरेका थिए ।

सञ्चालक समितिका सदस्य प्रशान्त श्रीसको अध्यक्षता रहेको कार्यक्रममा बस सञ्चालक समितिका सदस्य राजेश रिजालले आफ्नो सेवाको बारेमा जानकारी गराएका थिए । हरेक दिन दिउँसो साढे १२ बजे छुट्ने एसी बसको भाडा १२ सय ५० तोकिएको छ । बसमा मौसम अनुसार चिसोतातो, मिनरल वाटर, आरामदायी सिट सँगै इन्टरनेट तथा मोबाइ चार्जको सुबिधा रहेको बताइएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D