भीक्टोरीया डे परेडमा ग्रेटर रसमोर नेपाली कम्युनिटी र प्रथम नौमती बाजा गुल्मी उत्कृष्ट

अल्डरशट, जुन १२ । ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनाउने काम भव्यताका साथ सम्पन्न गरेको छ। रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने, भिक्टोरिया डे यो बर्ष परेडमा ३ सय र वाहिर दर्शकमा ४ हजार भन्दा बढी नेपाली समुदायबाट सहभागिता रहेको थियो।

स्थानिय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप अपार सफलता प्राप्त गरे बापत, बिगतमा हरेक दुई बर्षमा मनाईने भिक्टोरिया डे, ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्ष देखि हरेक वर्ष मनाउन शुरु गरिएको हो। कार्यक्रममा विभिन्न धर्म, जाती, संस्कार र संस्कृति झल्कने पहिरन सहित करिब तीनसय भन्दा बढी परेडमा र हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको थियो।

स्थानिय समूदाय र नेपाली समूदाय बिचको दुरीलाई नजिक ल्याउन उक्त कार्यक्रममा प्रथम नौमती बाजा युके, बिसीसी यूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लम्जुङ्ग सेवा समाज, किराँत राई यायोखा युके, मगर संघ यू के, किराँत याक्थुङ्ग चुमलुङ्ग यु के, क्षेत्री समाज यूके, गेसो, मदत समूह, तमुधी यूके, तमु पेलु संघ, गोर्खा आमा समुह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष रामधन राईले बताए ।

गोर्खा आमा समुहले तिन वटा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने प्रथम नौमती बाजा युकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्याएको थियो । सो भीक्टोरीया डे परेडका अवसरमा ग्रेटर रसमोर नेपाली कम्युनीटी र प्रथम नौमती बाजा गुल्मी प्रथम हुन सफल भयको थियो ।

यस कार्यक्रमलाइ सफल बनाउन कार्य समिति सदस्यहरु, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष ओम प्रसाद थापा, परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको बिशेष भूमिका रहेको थियो। बिहान ११.०० देखि शुरु भई दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात अध्यक्ष जीव बेलबासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुलाई धन्यबाद ज्ञापन गरेको कुरा प्रवक्ता प्रमिला लाबुंग राईले बताउनु भयो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D