gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भावना

अशोक गौतम

अशोक गौतम “क्षितिज”
होनहार युवा गांजा खायो, चुरोट पियो रक्सी पियो ।
मैले नखा भने, तेरो के खाको छु भन्यो जवाफ दियो ।

आफ्ना बाउ-आमा बृद्धआश्रम मा लगेर छोडेको छोरो,
आफू बाउ बन्यो अनि बल्ल बाउ आमा सम्झियो ।

बाबु बाट बलात्कृत छोरी न्याय माग्न अदालत जान्छिन,
न्यायाधीश भन्छ, के छ प्रमाण ? प्रमाण चाहियो ।

होटलको कोठा कोठा जान्छ प्रहरी अनि छापा मार्छ,
र भन्छ यौनमा लिप्त दर्जनौं जोडी पक्राउ गरियो ।

खेल्दै गरेको अबोध बालकको गाडिले ज्यान लियो,
बिडम्बना गाडिमा “सेभ द चिल्ड्रेन” लेखिएको थियो ।

रेमिट्यान्स को पोखरीमा डुबुल्की मारेको ए सरकार,
स्वागत कसरी हुन्छ ? प्रदेशी रातो बाकसमा फर्कियो ।

बुटवल रुपन्देही
हाल: पपुवा न्युगिनी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D