लण्डन, जेठ १७ । बेलायतमा रहेका भार्सेलीहरुको बार्षिक भेटघाट सम्पन भएको छ । गुल्मी जिल्ला भार्सेमा घर भै हाल बेलायतमा बस्दै आएका नेपालीहरुको सँस्था भार्सेली समाज युकेको वार्षिक भेला सम्पन्न भएको हो । गत २६ मे का दिन बेलायतको केयाम्बर्ली सेयान्डष्टमा सम्पन्न कार्यक्रम समाजका सचिव बिन भुजेलले सन्चालन गर्नु भएको थियो ।
सँस्थाका अध्यक्ष छत्र श्रीस अनुपस्थितिमा उपाअध्यक्ष गिरी पुनले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो । समाजका आजिवन सदस्य तथा गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष हाल सल्लाहकार ओम थापा काउचालाई कार्यक्रममा बिशेष अतिथीको रुपमा स्वागत गरिएको थियो । भेलामा संस्थाले बर्षभरी गरेका गतिबिधीहरुको समिक्षा गरिएको थियो भने आगामी दिनहरुको लागि पनि योजनाहरु तर्जुमा गर्ने बिषयमा छलफल भएको थियो ।
सन् २००८ सालमा क्याप्टेन मेखबाहादुर गलामीको अध्यक्षता गठित समाजले आफ्नो स्थापनाकाल पस्चात थुप्रै उल्लेखनिय कार्यहरु गर्दै आएको छ । भार्सेको बिकासको निम्ती ऐतिहासिक धरोहरहरुको पुन निर्माण, बैज्ञानिक कृषि, स्वाथ्य र शिक्षा क्षेत्रहरु समेत समाजले निरन्तर सहयोग गर्दै आएको छ । समाजले भार्से स्थित श्री जनसहयोग मा.बी.मा अध्यनरत गरीव र उत्कृष्ट अंक ल्याउने बिधार्थीहरुलाई बिशेष छात्रबृत्तीको ब्यवस्था गर्दै आएको छ भने, त्यहाँ स्थित हेल्थ पोष्ट, हुलाक, ठुलो पोखरी मर्मत, बिभिन्न मठ मन्दीरको पुन: निर्माण साथै स्थानीय युवा कार्यक्रमहरुको सन्चालन तथा प्रवर्द्दनमा पनि सहयोग गर्दै आएको छ ।
त्यस्तै समाजले बिभिन्न दैवी प्रकोपहरुबाट पीडितहरुको पुनस्थापना तथा भार्सेलाई पर्यटकिय स्थान बनाउन पनि निरन्तर सहयोग गरिरहेको समितीका सचिव बिन भुजेलले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजले संस्थापक अध्यक्ष क्याप्टेन रिटायर्ड मेख गलामी, उपाअध्यक्ष क्याप्टेन कुल बहादुर राना र कोषअध्यक्ष प्रेम बुराथोकी लगायतलाई बिषेस सम्मान पत्र र दोसला ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रममा मौलिक रुपमा भार्सेली ठाडोभाका, झ्याउरे पनि गाईएको थियो । कार्यक्रमस्थल उपलब्ध गराई सहयोग गर्नु हुने रत्न काउचा, टिकटिङमा श्याम पुन, गंगा राना र पदम भुजेल पिउने पदार्थ र खानपिन मा राम राना, केसरी काउचा र सुनीता भुजेल अनि मनोरंजनमा नुतन श्रीस, रुबिना श्रीस र अजय भुजेल लगाएत कार्यक्रम सफल बनाउन आअाफ्नो जिम्मेवारी पुरा गर्नुहुने सबै र उपस्थित सम्पूर्ण गाउँलेहरु प्रती समाजले बिशेष धन्यबाद दिएको थियो । भेलामा भार्सेलीहरुका अलावा बेलायत भरिका भार्सेली छिमेकी गाउँका ब्यक्तीहरूको पनि बाक्लो उपस्थीती रहेको थियो ।