भारतमा मजदुरी गरेर गाउँ फर्किदै गरेका शित बहादुरको लडेर मृत्‍यु

गुल्मी, बैशाख २८ । भिरबाट लडेर शुक्रबार गुल्मीमा एक जनाकाे ज्यान गएको छ ।

ज्यान जानेमा मदाने गाउँपालिका-५, मलागिरीका ३५ वर्षीय शित बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताउनु भयो ।

भारतमा नोकरी गरेर प्यूठान हुँदै शुक्रबार राति घर फर्कँदैै गरेका परियारकोे मदाने गाउँपालिका५, डाँडापरिको भिरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ । परियारले शुक्रबार बेलुकी घरमा फाेन गरेर आफू घर आउँदै गरेको जानकारी गराएकाे बुझिएकाे छ ।

शनिवार बिहानसम्म पनि उनी घरमा नआएपछि खोजतलास गर्दै जाँदा भिरमा उनकाे शव फेला परेको परिवारका सदस्य बताउँछन् ।

परियारको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइ सकिएकाे प्रहरीलर् जनाएकाे छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D