gulminews logo
मंगलवार, २०८१ बैशाख ४

ब्रेकिङ्ग न्युज : गुल्मीमा सडक दुर्घटना , एकको मृत्यु एकको अवस्था गम्भीर

प्रेम सुनार
गुल्मी, कार्तिक–२७ । गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घम्भीर घाईते भएका छन् ।
विहान करिव साढे १० को समयमा खैरेनीबाट चोरकाटे तर्फ जाँदै गरेको लु १ त १८१७ नम्वरको ट्याक्टर सडक देखि करिव ७० मिटर तल खस्दा बाँके जिल्ला साविकको नौवत गाविसका अनदाजी ४५ वर्षिय हरिशकुमार शाहको मृत्यु भएको हो ।
घटना स्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टराईका अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ६ का २१ व्र्षिय सुजन पुलामी गम्भीर घाईते भएका छन् ।
उनलाई जोहाङ्ग स्वास्थ्य चौकमा उपचार हुन नसकी पाल्पा थप उपचारका लागि पठाईएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
मृतक शाह त्यस भेगमा केहि समय यता ठेक्का पट्टाको काम गर्दै आएको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । दुर्घनाको कारण खुलेको छैन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D