Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बैशाखमा स्थानीय तहको निर्वाचन नगरे अनेरास्ववियु गुल्मी सहित ११ संगठनले आन्दोलन गर्ने - Gulminews

बैशाखमा स्थानीय तहको निर्वाचन नगरे अनेरास्ववियु गुल्मी सहित ११ संगठनले आन्दोलन गर्ने

१७ माघ, गुल्मी । आगामी बैशाखमा स्थानीय तहको निर्वाचन नगरे नेकपा एमाले गुल्मीका भात्री संगठनले आन्दोलन गर्ने भएका छन् । सोमबार गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको ज्ञपान पत्रमा तत्कालै स्थानीय तहको मिति घोषणा गर्न माग गर्दै ज्ञापन पत्र पठाएका हुन् ।

जिल्ला स्थित राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ती समाज, अखिल नेपाल किसान हासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी नेपाल, नेपाल ट्रेड युनियन महासंघ (जिफपट), पेशागत महासंघ, मगर संघ नेपाल, नेपाल भू.पु सैनिक तथा प्रहरी महासंघ,गुल्मीले संयुक्त रुपमा ज्ञापन पत्र पठाएका हुन् ।

ज्ञापन पत्रमा वर्तमान परामादेशको सरकार जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहको चुनाव घोषणा नगरी महाप्रतिमनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । संविधानको मर्म र भावना विपरीत स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाई संघीयताको मर्ममा प्र्हार गर्न उद्दत वर्तमान गठबन्धन सरकारलाई अबिलम्ब चुनावको मिति घोषणा गर्न जोडदार माग गर्दैे ज्ञापनपत्र पेश गरेको उल्लेख गरेका छन् ।

अविलम्ब स्थानीय तहको चुनावको मिति घोषणा नगरे लोकतन्त्र र संविधानको रक्षाका लागि हामी आन्दोलनको आँधीवेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी दिदै यसबाट उत्पन्न परिणामको जिम्मेवार वर्तमान गठबन्धनको सरकार हुने जानकारी गराएका छन् ।
ज्ञापनपत्र बुझाउदै अनेरास्ववियु स्थाई कमिटी सदस्य काशि पाण्डेले पाँचदलिय गठबन्धनले समयमै स्थानीय तहको निर्वाचन नगरेर जनताको अधिकार हनन गर्नुका साथै संविधान मास्ने र लोकतन्त्र धरापमा पार्ने काम गर्न थालेको बताए । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउन ११ संगठनका नेता तथा कार्यकर्ता सहभागी थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D