gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बेलायती सेनामा उच्च अधिकृत बने अर्का एक गोर्खा सैनिक

लण्डन, ०२ फेब्रुअरी । बेलायती सेनामा कार्यरत एक गोरखा सैनिक बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन् ।


हाल ११ इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेले बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेण्ट कर्णेल पदमा बढुवा हुने दुर्लभ अवसर पाएका हुन् । गत बिहीबार बसेको छनौट बोर्डले आलेलाई सो पदमा बढुवा गरेको बिभिन्न मिडियाहरुले समाचार प्रकाशित गरेका । ५१ वर्षीय आले विगत ३० वर्षदेखि बेलायती सेनामा कार्यरत छन् ।

पुख्र्याैली घर स्याङ्जा बहाकोट भञ्ज्याङ भएका आलेका बुवा क्याप्टेन मोतिप्रसाद पनि ब्रिटिश सेनामै थिए । यसैक्रममा आलेको जन्म सिंगापुरमा भयो भने पढाइ बढाइ हङकङ र नेपालमा भयो । हङकङको गोरखा स्कुलबाट एसएलसी गरेका आलेले अमृत साइन्स कलेज काठमाडौँमा बायलोजीमा आइस्सी गरे । त्यसपछि देहरादुन गएर पुनः बायलोजीमा प्लस टु गरे । फर्केर त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती भएका हुन्

गोरखा भर्तीको २०० वर्षभन्दा लामो इतिहासमा सो पदमा पुग्ने अवसर पाँचजना मात्र गोरखाले पाएका हुन् । यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा सो पदमा पुगेका थिए । जसमध्ये खाम्चा मात्र सेवारत छन् भने अरु सबै सेवानिवृत्त भइसकेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D