काठमाडौँ, २३ भदौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।
बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।
महारानी एलिजाबेथको निधन पस्चात वेल्सका पुर्व राजकुमार चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । यद्यपी आधिकारिक रुपमा घोषणा हुन भने बाँकी छ ।